प्राथमिक उपचार र विपद् व्यवस्थापनका लागि व्यावहारिक सीप

प्राथमिक उपचार र विपद् व्यवस्थापनका लागि व्यावहारिक सीप

दोलखा  : प्राथमिक उपचार र विपद् व्यवस्थापनसम्बन्धी व्यावहारिक सीपको विकासका लागि आइतबारबाट प्रशिक्षण सुरु गरिएको छ। सदरमुकाम चरिकोटको कालिञ्चोक माध्यमिक विद्यालयमा आइतबारबाट सुरु भएको प्रशिक्षणमा नगरपालिकाका नौवटा वडाका १२ विद्यालयबाट तीन हजार पाँच सय विद्यार्थीको सहभागिता रहेको छ। 

एक हप्तासम्म सञ्चालन हुने व्यवहारिक सीप प्रशिक्षणमा सहभागीहरूले घरमा हुने विपद् व्यवस्थापन अन्तर्गत ग्यासजन्य आगजनी नियन्त्रण र प्राथमिक उपचार पद्धतिका विषयमा जानकारी पाउने कोच नेपालका संयोजक सिमोन खत्रीले बताए।

प्रशिक्षणकै क्रममा सहभागी विद्यार्थीहरूमध्ये कक्षा ८, ९ र १० का छात्राहरूका लागि आत्मरक्षा तालिम समेत दिइने संयोजक खत्रीले बताए। संस्थाले विगतदेखि नै सामुदायिक विद्यालयका विद्यार्थीलाई आत्मरक्षा, विपद व्यवस्थापन र प्राथमिक उपचारको व्यवहारिक सिप सिकाउँदै आएको र दोलखाको अन्य विद्यालयमा पनि यस्ता प्रशिक्षण तथा तालिम कार्यक्रम सञ्चालन गरिने संयोजक उनको भनाइ छ।

विद्यालयस्तरमै विपद व्यवस्थापनका विषयमा जानकारी दिँदा घरमा हुने विपदजन्य घटना न्यूनीकरणमा सहयोग पुग्ने र प्राथमिक उपचारका विषयमा समेत विद्यार्थीलाई सिप प्राप्त हुने भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.