मुख्यमन्त्री कप राष्ट्रिय भलिबलको उपाधि एपीएफलाई

मुख्यमन्त्री कप राष्ट्रिय भलिबलको उपाधि एपीएफलाई

सङ्खुवासभा : संखुवासभा सदरमुकाम खाँदबारीमा शनिबार सम्पन्न मुख्यमन्त्री कप राष्टिय भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशलाई ३–१ को सेटले हराउँदै विभागीय टिम एपीएफले जितेको छ। खाँदबारी रंगशालामा भएको फाईनल खेलमा एपीएफले गण्डकीलाई १४-२५, २५-२३, २५-२१, २५-२१ को सेटले हराएको हो। 

उपाधिसँगै एपिएफले नगद ३ लाखसहित ट्रफी हात पारेको छ। उपविजेता गण्डकीले नगद १ लाख ५० हजारमा चित्त बुझाएको छ। प्रतियोगितामा नेपाल पुलिस क्लब तेस्रो र त्रिभुवन आर्मी क्लब चौथो भयो। तृतीयले ५० हजार र चौथो ३० हजार रुपैयाँ प्राप्त गरेका छन्। 

प्रतियोगितामा एपीएफका विजय थापा सर्वोकृष्ट खेलाडी घोषित भए। थापाले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। एपीएफका विनोद चन्द बेष्ट डिफेन्डर, लोकेन्द्र गिरी बेष्ट सेटर घोषित भए। गण्डकी प्रदेशका रवि केसी वेष्ट स्पाईकर, विश्वास अधिकारी वेष्ट सर्वर, सरोज बर्देवा उत्कृष्ट ब्लकर र उत्कृष्ट कोच एपीएफका पुष्पजंग मल्ल घोषित भएका भएका हुन्। 

विजयी टिमलाई कोशी प्रदेशका सामाजिक विकासमन्त्री राजेन्द्र कार्की लगायतले पुरस्कार वितरण गरे। प्रतियोगितामा बिभागिय टोली सहित ८ टिम सहभागी थिए। बागमती र मधेश प्रदेश भने प्रतियोगितामा सहभागी थिएन्। प्रतियोगिताको आयोजना कोशी प्रदेश खेलकुद विकास बोर्ड विराटनगरले आयोजना गरेको हो। जिल्ला भलिबल संघ सङ्खुवासभाले प्रतियोगिताको संयोजन गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.