गठबन्धन खरानीको डल्लो हो, जुन बेला पनि फुट्न सक्छ : ओली


विराटनगर : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन जुनसुकै बेला पनि फुट्न सक्ने बताएका छन्। विराटनगर विमानस्थलमा बुधबार सञ्‍चारकर्मीसँग कुरा गर्दै ओलीले भने, ‘हामीले सरकारलाई सुझाव दिने हो। तर, गठबन्धन सरकारले सुझावहरू सुनिराखेको छैन। गठबन्धन खरानीको डल्लो हो। सुकायो भने फुट्छ। भिजायो भने पनि फुट्छ।’

उनले एमाले सरकार फेर्ने र गठबन्धन बदल्ने खेलमा नरहेको पनि स्पष्ट पारे। 

 उनले गठबन्धनका कारण राष्ट्रियता कमजोर भएको दावी गरे । ओलीले भने, ‘राष्ट्रियता कमजोर भयो। मुलुकमा सुशासन र विकास कमजोर भयो। जनतामा निराशा पलायो। काम राम्रो गरेर निराशालाई हटाउनु पर्नेछ।’  उनले प्रतिपक्षमा रहेकाले एमालेले सरकारलाई सुझाव मात्रै दिने बताए। 

‘हामी मिसन ८४ मा छौं। मिसन ८४ मार्फत् राष्ट्रिय शक्तिलाई निर्णयक तहमा विकास गर्नुछ,’ उनले भने, ‘राष्ट्रियता कमजोर भयो। सुशासन र विकास कमजोर भयो। अब राम्रो काम गरेर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनुछ।’ 

मुलुकको अर्थतन्त्र सुधार गर्नेतर्फ कांग्रेसको सोच र चिन्तन नै नरहेको ओलीको टिप्पणी छ। ‘सत्तामा पुग्ने र त्यसलाई कसरी टिकाउने भन्नेबाहेक कांग्रेससँग कुनै सोच छैन। कांग्रेस अब पहिलेको कांग्रेस छैन। तपाईंहरुले सोचेजस्तो र खोजेजस्तो कांग्रेस छैन। कांग्रेस थोत्रो भयो,’ उनले भने, ‘कांग्रेस अग्रगामी सोचमा अघि बढेको छैन। अगाडि बढ्नुपर्नेमा पछाडि फर्किन खोजिरहेको छ। कांग्रेसले गर्न खोजेको प्रतिगमनमा एमालेले साथ दिँदैन।’ 

कांग्रेसले संविधान संशोधनको ‘ब्ल्याङ फायर’ गरेको पनि ओलीको आरोप छ। ‘कुन–कुन विषयमा र केका लागि संविधान संशोधन भन्ने कुरा चाहिन्छ। कांग्रेसको ८७ सिटले संविधान संशोधन हुँदैन,’ उनले भने, ‘आफ्नो हैसियत बिर्सिएर कुरा गर्छ कांग्रेस। कांग्रेस किन उत्ताउलिएको हो थाहा छैन।’ तर, संविधान संशोधन आवश्यक हुनसक्ने उनले बताए। 

एमालेले थिति र विधि अनुसार जानुपर्छ भन्ने मान्यता राख्ने ओलीको जिकिर छ। ‘मन्त्रीहरु झण्डा हल्लाएर अदालतमा बयान दिन जाने। भ्रष्टाचारको मुद्दा लागेपछि अख्तियारमा जाने। अनि फर्किएर आएर सुशासनका कुरा गर्ने। भ्रष्टाचारको आरोप लागेमा राजीनामा गर्ने चलन थियो,’ उनले भने।

यसअघि विवादमा परेर गोकुल बाँस्कोटा, शेरबहादुर तामाङ, हरिप्रसाद पराजुलीलगायतका मान्त्रीले राजीनामा दिएको प्रशंग केलाउँदै ओलीले भने, ‘राजीनामा गर्नु परो नि त। क्याबिनेटले बनाएको समितिले मान्छे मरेको घटनामा मन्त्रीकै दोष छ भन्दा पनि राजीनामा नदिने ?’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.