साउदीमा महिला फुटबल टोलीलाई सम्मान

आज लेवलानसँग सेमिफाइनल खेल्दै

साउदीमा महिला फुटबल टोलीलाई सम्मान
सुन्नुहोस्

साउदी अरेबिया : साउदी अरेबियामा वाफ महिला च्याम्पियनसिपका लागि सहभागी हुन पुगेको नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई वाणिज्य दुतावास जेद्दाले राष्ट्रिय  झण्डासहित सम्मान गरेको छ । सोमबार एक कार्यक्रम आयोजना गरि वाफ महिला च्याम्पियनसिपका लागि सहभागी भएका टोलिका प्रशिक्षक तथा खेलाडीहरुलाई वाणिज्य दुत शत्रुधन पोखरेलले स्वागत गरेका  थिए  ।

नेपालले गरेको प्रर्दशन तथा जितको प्रशंसा गर्दै आगामी दिनमा हुने खेलको जितको शुभकाना सहित  खेलाडीलाई हौसला सहित टिसट प्रदान गरिएको थियो। कार्यक्रममा टोलिलाई सम्मान गर्नको लागि  पानस साउदीका अध्यक्ष कुबेर हुमागाईं, एन आर एन साउदी उपाध्यक्ष  राजकुमार गिरी, नेपाली युवा कल्बका नर कुमार मगर, लगाएत नेपाली समुदायको उपस्थिति रहेको थियो ।

कार्यक्रममा खेलाडीहरूले प्रतियोगितामा साउदीमा कार्यरत नेपालीहरुले खेलमा  प्रत्यक्ष  सहभागी भएर हौसला दिनुभएकोमा धन्यवाद व्यक्त गरे। अब हुने  खेलमा  पनि यस्तै हौशलाको अपेक्षा गरेको बताए। 

साउदीको  जेद्दा शहरमा भईरहेको   वाफ महिला च्याम्पियनसिप  फाईनल  खेल हेर्न  साउदीको रियाद ,दमामा , हाईल शहर लगाएतमा अन्य शहरमा कार्यरत  नेपालीहरु उपस्थित  हुने भएका छन् ।  

नेपाली टोलीले २७ फरबरीमा लेवलानसंग सेमिफाइन खेल्दैछ । दुतावासको स्वागत तथा सम्मान कार्यक्रममा टोलीमा मुख्य प्रशिक्षक राजेन्द्र तामाङसहित गोलकिपर : एन्जिला तुम्बापो सुब्बा, कप्तान : उषा नाथ, अञ्जना राना, मगरडिफेन्डर : गीता राना, अमृता जैशी, हिरा कुमारी भुजेल, बिमला विक, निशा ठोकर, समिक्षा घिमिरे, पुजा राना, सबिना चौधरी, मिडफिल्डर : अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रिती राई, दिपा शाही, बिमला चौधरी, चन्द्रा भण्डारी, सरस्वती हमाल, फरवार्ड : सावित्रा भण्डारी, रेखा पौडेल, रश्मी कुमारी घिसिङ्ग, सबिता राना मगर रहेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.