सन्धिखर्क नगरपालिका देशभरकै प्रथम

सन्धिखर्क नगरपालिका देशभरकै प्रथम
सुन्नुहोस्

अर्घाखाँची  :  कार्यसम्पादन मूल्यांकनमा  अर्घाखाँचीको सन्धिखर्क नगरपालिका देश भरकै प्रथम बनेको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आज  बुधबार सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार आर्थिक वर्ष २०७९/०८०को कार्य सम्पादन मुल्यांकनमा प्रथम भएको हो।

देशभरका ७ सय ५३ स्थानीय तहमध्ये सन्धिखर्क नगरपालिकाले ६१.८१ अंक प्राप्त गरी पहिलो भएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खुमलाल भुसालले बताए।

स्थानीय तहलाई संघीय संचित कोष तथा प्रदेश संचित कोषबाट प्रदान गर्ने वित्तीय समानीकरण अुनदान अन्तर्गत् कार्यसम्पादन मूल्यांकनका आधारमा अनुदान सिफारिसको लागि आयोगले कार्यसम्पादन मूल्यांकन गर्ने गर्दछ । 

कार्यसम्पादन मूल्यांकन गर्दा आयोगले स्थानीय तहसँग तथ्यांकहरु मागेर त्यसको आधारमा र उपलब्ध तथ्य सही वा गलत भएको प्रामाणित गरेर सोही आधारमा अंक प्रदान गरिन्छ ।

गत आर्थिक वर्षमा  सन्धिखर्क नगरपालिका देशभरकै ८ औ स्थानमा पर्न सफल भएको थियो। चितवनको भरतपुर महानगरपालिका ५६.२९ अंकसहित दोस्रो र गुल्मीको मालिका गाउँपालिका ५५.४० अंकसहित तेस्रो भएका छन् ।

प्रदेश तथा स्थानीय तहको कार्यसम्पादन मूल्यांकन कार्यविधि २०७८ को दफा ७ अनुसार कार्य सम्पादन मूलल्यांकन गरी अंक प्रदान गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.