मकवानपुरमा अटो दुर्घटनामा चालकको मृत्यु

मकवानपुरमा अटो दुर्घटनामा चालकको मृत्यु
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

हेटौंडा : मकवानपुरमा अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर–४ निवासी  ३५ वर्षीय देवीबहादुर घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए । 

बुधबार  बिहान ६ बजेतिर ज्वालादेवीस्थित भित्री सडकखण्डमा धादिङ बजारबाट ज्वालादेवीतर्फ आउँदै गरेको ना २ ह ५२६८ नम्वरको अटोरिक्सा अनियन्त्रित भइ दुर्घटना भएको थियो । 

मृतक घिमिरे अटो चालक हुन् । दुर्घटनापछि घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.