डिजे बजाउने विषयमा विवाद हुँदा प्रहरीले चलायो गोली

डिजे बजाउने विषयमा विवाद हुँदा प्रहरीले चलायो गोली
सुन्नुहोस्

महोत्तरी : झण्डाको कलश यात्रामा डिजे बजाउने विषयमा भएको विवादले उग्ररुप लिएपछि प्रहरीले महोत्तरीको सम्सीमा ४ राउण्ड गोली चलाएको छ। 

सम्सी गाँउपालिका-१ मा आजदेखि सुरु भएको महाविर झण्डा उदघाट्नका अवसरमा निकालिएको शोभा यात्राको क्रममा  झडप भएपछि प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन गोली चलाएको हो।

शोभायात्रामा वजाएको डिजे बन्द गर्ने विषयमा झडप भएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोजकुमार यादवले बताए। शोभायात्रा सम्सी गाउँपालिका-२ स्थित मस्जिद नजिक पुगेपछि स्थानीय मुस्लिम समुदायका व्यक्तिहरूले डिजे बन्द गर्नुपर्ने प्रस्ताव ल्याएको र सो प्रस्ताव मेला आयोजक पक्षले नमान्दा झडप भएको प्रहरी निरीक्षक यादवले जानकारी दिए। 

झडप उग्ररुप लिएपछि प्रहरीले गोली चलाएर अवस्थालाई साम्य बनाएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। 
अहिले दुई पक्षबीच जिल्ला प्रहरी कार्यालयमा छलफल जारी रहेको प्रहरी स्रोतले जनाएको छ। सोही क्रममा एउटा मोटरसाइकलमा समेत आगजनी भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.