शिक्षकलाई अभद्र व्यवहार गर्ने २ जना पक्राउ

शिक्षकलाई अभद्र व्यवहार गर्ने २ जना पक्राउ

अर्घाखाँची : अर्घाखाँचीको मालारानी गाउँपालिका-८ मा रहेको बालशिक्षा माध्यमिक विद्यालयका प्रधानाध्यापक राजेन्द्र पन्थीलाई हातपात गरेको आरोपमा २ जना पक्राउ परेका छन्।

प्रधानाध्यापक पन्थीलाई घरबाट बिहान विद्यालय जाने क्रममा मोटरसाइकल रोकी हातपात तथा अभद्र व्यवहार गरेको आरोपमा नरेश्वर पाण्डे र हुकुम खड्कालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डीएसपी प्रतित सिंह राठोरले बताए। दुई जनालाई पक्राउ गरी घटनाको अनुसन्धान भइरहेको प्रहरी प्रमुख राठोरको भनाइ छ। 

विद्यालयमा जाने क्रममा शिक्षकलाई हातपात तथा अभद्र व्यवहार गरेको भन्दै जिल्लामा क्रियाशील शिक्षकहरूका संघ, संगठनले कडाभन्दा कडा कारबाहीको माग गरेका छन्। नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठन, अनेशिसं, अनेशिसंगठन र प्रनेराशिसंले एक संयुक्त विज्ञप्ति जारी गरी कारबाहीको माग गरेका हुन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.