एमाले महोत्तरीको अध्यक्षमा बलराम यादव विजयी

एमाले महोत्तरीको अध्यक्षमा बलराम यादव विजयी
सुन्नुहोस्

महोत्तरी : १३ वर्षपछि महोत्तरीमा नेकपा एमालेको जिल्ला अधिवेशन सम्पन्न भएको छ। छैठौ जिल्ला अधिवेशनको पदाधिकारी चयन निर्वाचन प्रक्रियामार्फत टुगों लगाइएको हो। जिल्ला अध्यक्ष लगायतका पदमा एकभन्दा बढी आकांक्षी भएपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व छनौट गरिएको निर्वाचन अधिकृत उद्धवबहादुर क्षेत्रीले बताए।

शनिबार घोषणा गरिएको मतपरिमाण अनुसार अध्यक्ष पदका उम्मेदवार बलराम यादवको प्यानल विजयी भएको निर्वाचन अधिकृत क्षेत्रीले जानकारी दिए। निर्वाचन अधिकृत क्षेत्रीका अनुसार नेकपा एमाले महोत्तरी अध्यक्षमा यादव २५९ मत ल्याई विजयी भएका छन्। 

उनको निकटतम् प्रतिद्वन्द्वी शिवचन्द्र सिंहले १५५ मत ल्याएका थिए। विजयी भएका यादव प्यानलबाटै उपाध्यक्षमा अम्बिकाप्रसाद गौतम २३७ , सचिवमा शम्भु ठाकुर २२८, उपसचिवमा फेकन राम चमार २२३ र लेखा समिति अध्यक्ष सूर्यप्रसाद सिंह कुशवाहा २४२ मत ल्याएर विजयी भएको निर्वाचन समितिले जनाएको छ।

निकटतम प्रतिद्वन्द्वीहरू उपाध्यक्षमा दलबहादुर थापाले १५५, सचिव जीतेन्द्र  चौधरी १५५, उपसचिवमा नयिम अंसारी १४२ र लेखा समिति अध्यक्षमा शम्भु महतो १२२ मत ल्याएको निर्वाचन अधिकृत क्षेत्रीले बताए। ४३७ मतदाता रहेको नेकपा एमाले महोत्तरीमा ४२९ मतदान भएको थियो।

१३ वर्षपश्चात् भएको एमालेको छैठौ जिल्ला अधिवेशनमा जिल्ला अध्यक्ष लगायतका पदमा एकभन्दा बढी आकांक्षी भएपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व छनौट गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.