बुवा बेपत्ता हुँदा छोराछोरीको बिचल्ली

बेपत्ता बनाउनेलाई प्रहरीले संरक्षण गरेको आफन्तको आरोप

बुवा बेपत्ता हुँदा छोराछोरीको बिचल्ली
पत्रकार सम्मेलनमा सहभागी राजवंशीका आफन्त। तस्बिर : जितेन्द्रनारायण ठाकुर।
सुन्नुहोस्

विराटनगर :  मोरङ कटहरी गाउँपालिका ३ का रामप्रसाद राजवंशीलाई बेपता बनाउनेलाई प्रहरीले संरक्षण गरेको आफन्तहरुले आरोप लगाएका छन्।

प्रष्ट बोल्न नसक्ने रावजंशीलाई  ललाइफकाइ राम्रो काम लगाइदिने भन्दै घरबाट लगेर बेपता बनाएका फर्मेश राजवंशीलाई प्रहरीले संरक्षण गरेको आफन्तले आरोप लगाएका हुन्। 

विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरेर बेपता भएका रामप्रसादका बुवा कल्पनाथ राजवंशीले छोरालाई खोजिदिन प्रहरीले चासो नदेखाएको र  बेपता बनाउनेलाई पहुँचको भरमा संरक्षण गरेको आरोप लगाए।

तीन वर्षदेखि छोरालाई बेपत्ता बनाउने फर्मेशलाई कानुनी कारवाहीको दायरामा ल्याएर छोरा खोज्न प्रहरीमा उजुरी दिए पनि प्रहरी आलटाल गर्ने गरेको उनले गुनासो गरे। २०७७साल कार्तिक ३ गते नै छोरा प्रमेशलाई हटौंडा लगेर बेपत्ता बनाएको उनले बताए। राजवंशीलाई हेटौंडाको जय माँ दुर्गा टायर रिसोलिङ सेन्टरमा जागिर लगाइदिन कटहरीबाट हेटौंडा पुर्‍याएका थिए। त्यसपछि रामप्रसाद राजवंशीसँग उनको परिवारको सम्पर्क छैन। 

स्थानीय ठेकेदार फर्मेस भन्ने रोकी राजवंशी अहिले पनि बेला बेलामा घर कटहरी आएर फर्किने गरेका छन्। पीडित परिवारले रामप्रसाद राजवंशी खोइ भन्ने प्रश्न गर्दा आफूलाई थाहा नभएको बताउने गरेका छन्।    

फर्मेससँग प्रहरीको सेटिङ रहेकोले रामप्रसाद राजवंशीको खोजीमा प्रहरी उदासीन रहेको पीडितका बुवा कल्पनाथ राजवंशीले आरोप रहेको छ।  सुरुमा राजनीतिक दवावमा उजुरी नलिएपछि विराटनगर स्थित उच्च अदालतमा मुद्दा दिएको र अदालतले आदेश आएपछि जाहेरी लिए पनि फर्मेशलाई कारवाही नगरेको उनको आरोप रहेको थियो।  

आफूहरुले काम गर्न लगेको हटौंडासहित काठमाडौं  लगायतका विभिन्न स्थानमा खोजी गरे पनि दाजुको कुनै पतो नलगाएको भाइ उमेशकुमार राजवंशीले बताए। अदालतको आदेशपछि प्रहरी नियन्त्रणमा फर्मेशलाई लिए पनि केहि दिन मानै छाडिएको छ।

श्रीमति रेखादेबीले श्रीमानले गर्ने गरेको मजदुरीले घरव्यवहार चलिहरेका बेला श्रीमान बेपत्त हुँदा आफूहरुको बिचल्ली भएको बताए। कान्छो छोरा १ वर्षको भएको बेला श्रीमानलाई फर्मेशले ललाईफकाई घरबाट लगेर बेपत्ता बनाएको उनले बताइन्। बुवा बेपत्ता हुँदा बच्चाहरुको लालनपालन गर्न समस्या भएकाले तत्काल खोजिदिन आग्रह गरिन्। 
 
श्रीमतीसहित  रामप्रसाद राजवंशीका ६५ वर्षीय बुवा कल्पनाथ राजवंशी, ६० वर्षीया आमा जानकीदेवी राजवंशी, ११ वर्षीय जेठा छोरा बादल राजवंशी र ३ वर्षीय कान्छो छोरा आर्यन राजवंशी रहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.