जब ओलीले ४ भाषा बोले...

जब ओलीले ४ भाषा बोले...
फाइल तस्बिर।
सुन्नुहोस्

जलेश्वर : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली २८ वर्षपछि महोत्तरी सदरमुकाम जलेश्वर पुगेका छन्। सोमबार नेकपा एमालेको छैटौं जिल्ला अधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्नका लागि पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली जलेश्वरको रंगशाला आएका हुन्। 

उनी २०५२ सालमा पार्टीको कार्यक्रमका लागि सदरमुकाम जलेश्वर आएका थिए। त्यसपछि विविध राजनीतिक उतारचढावका कारण ओली महोत्तरीको अन्य स्थानमा आए पनि जलेश्वर पुग्न सकेका थिएन्। २०७२ सालमा संविधान जारी भएपछि चर्किएको मधेस आन्दोलनमा कडा आलोचना भोगेका अध्यक्ष ओली महोत्तरी आएका थिएनन्। लामो समयपछि महोत्तरी सदरमुकाम जलेश्वर आएपछि ओलीलाई पार्टीका नेता, कार्यकर्तालगायत जलेश्वरवासीले भव्य स्वागत गरेका थिए। 

अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हिन्दी, भोजपुरी र मैथिली भाषामा टोपी र धोती नेपालीको शान हो भनेर सन्देश दिए। उनले देशको चौतर्फी विकासका निम्ति हिमाल, पहाड र तरार्ईका जनतालाई एकताबद्ध भई अगाडि बढ्नुको विकल्प नरहेको धारणा राखेका छन्। 

उनले भने, ‘आगामी २०८४ को आमचुनावमा फेरि एकपटक देशमा विकासको लहर ल्याउनका लागि एमालेको बहुमत आवश्यक रहेको छ। तीन वर्षको सीमित अवधिमा एमालेले विकासको पक्षमा ल्याएको लहरलाई निरन्तरता दिनका लागि तीनै तहको सरकारमा बहुमत सहितको एमालेकै नेतृत्व आवश्यक छ। खेतमा सिँचाइ, नदीखोलाका पानीलाई खेतखेतमा पुर्याउन, गल्ली–गल्लीमा सडक, सहरमा एयरपोर्टलगायतका जनताका आवश्यकतालाई पूर्ति गर्न एमालेलाई बहुमतका साथ देश हाक्ने किसिमको पार्टी निर्माण गर्नका लागि उनले कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.