गहना लुट्न वृद्धाको हत्या, एक जना पक्राउ

गहना लुट्न वृद्धाको हत्या, एक जना पक्राउ
सुन्नुहोस्

खाँदबारी : माघ ६ गते बिहान मृत भेटिएकी सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ की ६२ वर्षीय दिलकुमारी घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। 

पक्राउ परेका सुनसरीको धरान जिरोप्वाइन्टका ३० वर्षीय दिपेन राई भनिने आकास राईले जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले आज(सोमबार) सार्वजनिक गरेको हो। हत्याको ५ दिनपछि राईलाई प्रहरीले धरानबाट पक्राउ गरेको थियो। 

दाउरा खोज्दै गर्दा रुखको ठुटाले लागेर मृत्यु भएको भनिएको घिमिरेको हत्या भएको रहस्य खुलेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डीएसपी घनश्याम श्रेष्ठले जनाकारी दिए। मृतकका छोरा शुभास घिमिरेले दाउरा भेला पार्ने क्रममा जरासहितको रुखको ठुटा अचानक पल्टदा उक्त रुखको ठुटाले आमाको टाउकोमा बज्रन पुगी टाउकोबाट गिदि समेत निस्की मृत्यु भएकाले कसैसँग शंका नभएका भनी जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। 

शव पोष्टमार्टम गरी पछि आफन्तले जिम्मा लिए पनि प्रहरीले अनुसन्धानलाई नरोकेको डीएसपी श्रेष्ठले बताए। घिमिरेको शव दाहासंकारका क्रमा आफन्तले मृतकले लगाएको गरगहना नभएको भन्दै प्रहरीलाई खबर गरेका थिए। त्यस पछि घटना थप शंकास्पद भन्दै गएको थियो। 

घिमिरेको मृत्युको भोलिपल्ट माघ ७ गते घटनास्थलदेखि १ सय ५० मिटर टाढा झाडीमा रगत लागेको बन्चरो, मृतकले प्रयोग गर्ने मोबाइल र थैली फेला परेको थियो। त्यसपछि कोसी प्रदेश प्रहरी कार्यालय विराटनगर केनाइन शाखाबाट तालिम प्राप्त प्रहरी कुकुर झिकाएर थप अनुसन्धान थालिएको डीएसपी श्रेष्ठले जानकारी दिए।

राईले घिमिरेको हत्या पछि कानमा लगाएको २ थान सुनको रिङ लगेको बताएका छन्। उक्त रिङ धनकुटा जिल्लाको पाख्रीवास नगरपालिका-४ बुद्धचोक रुपकला ज्वेलर्समा ४७ हजारमा बिक्री गरेको खुलेको छ। त्यस ज्वेलर्सका सञ्चालक धनमाया विश्वकर्माले पुनः उक्त गहना पाख्रिवासकै विवेक ज्वेलरीमा ५८ हजारमा बिक्री गरिएको अवस्थामा प्रहरीले उक्त गहनासहित देवबहादुर विश्वकर्मा र धनमाया विश्वकर्मालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको डिएसपी श्रेष्ठले बताए। अभियुक्त राई केही महिना अघिदेखि तुम्लिङटार बजारक्षेत्रमा कोठा बहाल लिई ज्याला मजदुरी गर्दै आएका थिए।

राईले घिमिरेको टाउको पछाडि बन्चरोले हानी हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ। हत्या पछि मृतकको साथमा भएको सुनको रिङ लिएर राई आफ्नी श्रीमतीसहित धनकुटाको पाख्रिवास, तेह्रथुमको वसन्तपुर, भेडेटार हुँदै धरान पुगेको अभियुक्तले बयान दिएका छन्। 

डेरामा पकाएको खाना नखाई उनीहरू त्यहाँबाट भागेको खुलेको छ। राइको केही दिन अघिदेखि देखिएको शंकास्पद गतिविधि र उनी बस्ने कोठामा समेत नभेटिएपछि राईको खोजीमा प्रहरी लागेको थियो। राईलाई प्रहरीले धरानको देशीलाईनमा रहेको एक गेष्ठहाउसबाट पक्राउ गरेको हो। 

पक्राउ परेका राई उपर कर्तव्यज्यान, चोरी र डाँका सम्बन्धी कसूर मुद्दामा अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए। गहना गरिद गर्ने कार्यमा संलग्न धनमाया विश्वकर्मा र देवबहादुर विश्वकर्मा उपर चोरी तथा डाँका सम्बन्धी कसूर मुद्दामा अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.