राष्ट्रियसभा निर्वाचन : कोशीमा पुरुषतर्फको मतगणना सुरु

राष्ट्रियसभा निर्वाचन : कोशीमा पुरुषतर्फको मतगणना सुरु
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशमा राष्ट्रियसभा सदस्य निर्वाचनको मतगणना जारी छ। बिहीबार भएको निर्वाचनको महिला उम्मेदवारतर्फको गणना सकिएको छ। जसमा नेकपा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भएकी छन्। उनले नेकपा माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई हराएकी हुन्।

अब, पुरुषतर्फको मतगणना सुरु भएको छ। पुरुषतर्फ नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला र राप्रपाका उद्धव पौडेल प्रतिष्पर्धामा छन्। कोशी प्रदेशमा ९३ जना प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख २७४ जना गरी ३६७ जना मतदाता छन्। जसमध्ये स्थानीय तहका तीन जना प्रमुखहरू मतदानमा अनुपस्थित भए।

निर्वाचनमा झापाको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार र धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङ मतदानमा सहभागी भएनन्। निर्वाचनमा ३६४ मत खसेको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.