कोशीमा मतदान : आएनन् धरानका मेयर हर्क साम्पाङ

कोशीमा मतदान : आएनन् धरानका मेयर हर्क साम्पाङ
फाइल तस्बिर
सुन्नुहोस्

विराटनगर : राष्ट्रियसभा सदस्यका लागि कोशी प्रदेशमा मतदान प्रक्रिया अन्तिम चरणमा पुगेको छ। विराटनगरस्थित प्रदेश निर्वाचन आयोगको कार्यालयमा बिहीबार बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो २ बजेतिरै अन्तिम चरणमा पुगेको हो। 

सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीका अनुसार दुई जना अनुपस्थित भएपछि मतदान प्रक्रिया सम्पन्न हुन पाएको छैन। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ र मोरङ ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदार थारू उपस्थित भएका छैनन्।

साम्पाङले कार्यव्यस्तताको कारण देखाउँदै मतदान गर्न आउन नभ्याउने बताए। ग्रामथानका अध्यक्ष थारू भने बिरामी भई अस्पताल भर्ना भएका कारण मतदानमा उपस्थित हुने सम्भावना छैन। अध्यक्ष थारूमा मुटुसम्बन्धी समस्या देखिएको निर्वाचन कार्यालयले जनाएको छ। उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। उनीहरू दुवैलाई रुँगिरहेको जनाउँदै बुढाथोकीले ३ बजेसम्म नआएमा मतदान प्रक्रिया सकेर मतगणनातर्फ लाग्ने सुनाए। 

स्थानीय तहका दुई सय ७४ मतदातामध्ये झापाको झापा गाउँपालिका अध्यक्ष जयनारायण साह भ्रष्टाचार आरोपमा निलम्बित रहेका कारण उनको नाम मतदाता नामावलीबाट हटेको छ। मतदान अवधि सकिएपछि बिहीबार नै मतगणना गर्ने तयारी भइरहेको बुढाथोकीले जानकारी दिए।

सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन्। कोशीमा गठबन्धनसँग प्रतिस्पर्धा गर्न नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चुनावी तालमेल भएको छ। सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग नेकपा एमालेकी रुक्मिणी कोइराला भिड्दै छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.