राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमतीमा तयारी पूरा

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि बागमतीमा तयारी पूरा
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

हेटौंडा  : राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशतर्फको मतदान प्रक्रियाका लागि तयारी पूरा भएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाले जनाएको छ ।  बागमती प्रदेशतर्फ खाली रहेको ४ सिटका लागि भोलि विहिबार निर्वाचन हुँदैछ । 

निर्वाचनका लागि आवश्यक तयारी पूरा भएको र शान्ति सुरक्षाको प्रबन्ध मिलाइएको प्रदेश निर्वाचन कार्यालय हेटौंडाका निमित्त प्रमुख ताराप्रसाद आचार्यले जानकारी दिए । हेटौंडा ४ स्थित भुटनदेवी माविको प्राङ्गणमा हुने मतदान प्रक्रियामा बागमती प्रदेशसभाका ११० जना सदस्यहरु, प्रदेशका ११९ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख २३७ जना गरी कूल ३४७ जनाले मतदान गर्ने निमित्त प्रमुख आचार्यले जानकारी दिए । 

उनका अनुसार प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहको प्रमुख तथा उपप्रमुखको पदभार १९ रहेको छ । 

मतदान केन्द्रमा अधिकृतसहित १०–१० जना गरी २० जना कर्मचारी खटाइने आचार्यले बताए । उनका अनुसार मतदान केन्द्र अनुसार मतपत्रको रङ पनि फरक–फरक रहने जनाइएको छ । 

विहान ९ बजेबाट मतदान प्रक्रिया सुरु भई ३ बजे समाप्त हुने र मतदान सकिएलगत्तै मतगणना सुरु गरिने र नतिजा पनि साँझ नै आउने जनाइएको छ । उक्त निर्वाचनका लागि बागमती प्रदेशमा सत्तारुढ गठबन्धन, नेकपा एमाले, राप्रपा र नेमकिपाको गरी कूल १५ जनाको उम्मेदवारी परेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.