गोरेटो बाटो निर्माण गरेर बचेको पैसा वडामै फिर्ता

गोरेटो बाटो निर्माण गरेर बचेको पैसा वडामै फिर्ता
सुन्नुहोस्

दोलखा : जिल्लाको भीमेश्वर नगरपालिका-४ फसिभुईमा गोरेटो बाटो निर्माण गरेर बचेको रकम फिर्ता गरिएको छ। पक्की गोरेटो बाटो निर्माणका लागि वडाले पाँच लाख बजेट विनियोजन गरेकोमा पुरै रकम खर्च नभएपछि उपभोक्ता समितिले बचेको रकम  वडा कार्यालयमा फिर्ता गरिदिएका हुन्। 

यो उपभोक्ता समितिमा महिलामा मात्र रहेका छन्। समितिले भटमासे-जिलु सडकको घोगेडीबाट फसिभुई टोल आउजाउ गर्ने पक्की गोरेटो बाटो निर्माण गरेको हो। 

वडा कार्यालयले गत असारमा घोगेडीबाट फसिभुई आउजाउ गर्नका लागि पक्की गोरेटो बाटो बनाउन ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो। 

वडाको तल्लो भेगमा पर्ने टोल आवतजावत गर्न सडकको लामो दूरी प्रयोग गर्नुपर्ने, किसानलाई टोल वरपरको खेतमा ट्याक्टर लैजान समस्या र वर्षातमा हिलोका कारण सास्ती व्यहोरेका स्थानीयले पक्की गोरेटो बाटो बनाउन वडा कार्यालयसँग बजेट माग गरेका थिए। 

वडाले बजेट विनियोजन गरेपछि महिलाहरूले उपभोक्ता समिति गठन गरेर काम गरेका वडाध्यक्ष तारानाथ चौलागाईंले बताए। उपभोक्ता समितिले ४ फिट चौडाइको १ सय ६८ मिटर ढलान सम्पन्न  गरेको हो। 

जनश्रमदान र समितिको सक्रियतामा काम सम्पन्न गरेर वडालाई हस्तान्तरण गरेको उपभोक्ता समितिका अध्यक्ष सावित्री बस्नेतले  बताइन्। समितिका अनुसार ४ लाख ८६ हजार ९ सय ५० रुपैयाँमा काम सम्पन्न भएको हो। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.