सेनाले बनाउँदै गरेको फास्ट ट्र्याकमा चिनियाँले कुटे नेपाली मजदुर

सेनाले बनाउँदै गरेको फास्ट ट्र्याकमा चिनियाँले कुटे नेपाली मजदुर
सुन्नुहोस्

हेटौंडा : नेपाली सेनाले निर्माण गर्दैगरेको फास्ट ट्र्याक साइटमा चिनियाँ नागरिकले नेपाली मजदुरलाई कुटेका छन्। मकवानपुरको बकैया गाउँपालिका-१२ घट्टेपास्वास्थित चिनियाँ क्याम्पमा खाना पकाउने महिलालाई चिनियाँले कुटेका हुन्।

प्रहरीका अनुसार चिनियाँ नागरिक ५१ वर्षीय था काई युनले १८ वर्षीया किशोरी फलमाया लुड्बामाथि हातपात गरेका हुन्। 

किशोरीमाथि कुटपिट गरेको भन्दै उनका आफन्त र स्थानीयले समेत चिनियाँ नागरिक युनलाई कुटपिट गरेको प्रहरी जानकारी दिएको छ। स्थानीयको कुटाइबाट चिनियाँ नागरिक घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक रवीकुमार पौडेलले जानकारी दिए। 

उनका अनुसार फलमाया स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज भएकी छन्। चिनियाँ नागरिकको भने प्रहरीको निगरानीमा अर्थोपेडिक अस्पताल हेटौंडामा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.