महोत्तरीका विद्यालयमा थप २ दिन जाडो बिदा

महोत्तरीका विद्यालयमा थप २ दिन जाडो बिदा
सुन्नुहोस्

महोत्तरी : महोत्तरीको पालिकाहरूले जाडो बिदामा थप गरिएको छ। जिल्लाको गौशाला नगरपालिका र पिपरा गाउँपालिकाले जाडो बिदाको अवधि थप २ दिन बढाइएको छ। 

ती दुई पालिकाले प्रकाशन गरेको सूचना अनुसार पालिकाभरिका विद्यालयहरूमा बुधबार र बिहीबार बिदा दिइएको छ। त्यस्तै शुक्रबार माघ ५ गतेका दिन मधेसमा बलिदानी दिवसको सार्वजनिक बिदा भएकाले अब ती पालिकाका विद्यालयहरू आइतबारका दिनबाट सञ्चालन हुने भएको छ।

अत्यधिक मात्रामा जाडो बढेपछि स साना बालबालिकाहरू विद्यालयसम्म जानका लागि असह्य भएपछि सो बिदामा थप गरिएको शिक्षा शाखा संयोजक संजयकुमार सिंहले बताए। मौसममा प्रतिकु्लता छाएपछि गौशाला नगरपालिकाको कार्यालयले यहाँका सामुदायिक विद्यालयमा दिइएको जाडो बिदामा थप २ दिनको समयसीमा बढाइएको शिक्षा शाखा अधिकृत सिंहले जानकारी दिए।

त्यस्तै पिपरा गाउँपालिकामा मंगलबार बसेको प्रधानाध्यापकहरूको बैठकले जाडो बिदामा २ दिन थप गर्ने निर्णय गरेको हो। पिपरा गाउँपालिकाको कार्यालयले जारी गरिएको सार्वजनिक सूचनामा जाडो बिदा बुधबार र बिहीबार अझै २ दिन कायम गर्ने निर्णय गरिएको हो।

बाक्लो मात्रामा लागेको हुस्सु र शीतलहरले यसक्षेत्रका जनजीवन प्रत्यक्ष रूपमा प्रभावित भएको छ। जसले गर्दा ससाना बालबालिकालाई विद्यालयसम्म जानका लागि समस्या हुँदा पालिकाले जाडो बिदाको प्रबन्ध गरिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.