मनोनयन दर्ता गर्न एमालेका उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा

मनोनयन दर्ता गर्न एमालेका उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा
सुन्नुहोस्

पोखरा : राष्ट्रिय सभा निर्वाचनका लागि मनोनयन दर्ता गर्न एमालेका उम्मेदवार निर्वाचन अधिकृतको कार्यालयमा पुगेका छन्। सोमबार दिउँसो एमालेबाट गण्डकी प्रदेशमा बनेकी सम्झना देवकोटा (गोरखा), अन्यबाट चक्रबहादुर पराजुली (स्याङ्जा), अपाङ्गता अल्पसंख्यकबाट हेमचन्द्र शेरचन (मुस्ताङ) सहितका नेताहरु मनोनयन दर्ता गर्न निर्वाचन कार्यालय पुगेका हुन्।

गठबन्धनबाट नेपाली कांग्रेसका किरण बाबु श्रेष्ठ र अपांगता कोटामा पदमबहादुर परियार (तनहुँ) र माओवादीबाट महिला कोटामा पर्वतकी मनरुपा शर्मा उम्मेदवार छन्।  गण्डकीमा सत्ता गठबन्धनको बहुमत रहेकोले एमालेका उम्मेदवारले जित्ने सम्भावना छैन। 

गण्डकीबाट राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रकाश पन्थ र दीपा गुरुङको ६ वर्षे कार्यकाल सकिन लागेको हो। गण्डकी प्रदेशबाट राष्ट्रिय सभाका लागि तीन सदस्य निर्वाचन हुन लागको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.