निर्माण सामाग्री गुणस्तरहीन

ढलान नहुँदै भत्कियो पुल

ढलान नहुँदै भत्कियो पुल
सुन्नुहोस्

भोजपुर : उत्तरी क्षेत्रको विकासे ढोका मानिएको षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिका जोड्ने इर्खुवा खोलाको निर्माणाधीन मोटरेबल पुल भत्किएको छ। प्राविधिक निर्माण र ठेकेदारको लापरबाहीका कारण उक्त निर्माणाधीन पुल ढलान अगावै भत्किएको हो।

प्रदेश सरकारको ६ करोड ३० लाख रुपैयाँ लागतको उक्त पुल आर्थिक वर्ष ०७८/७९ को योजनाबाट निर्माण ठेक्का आह्वान गरिएको थियो। पुल निर्माण सम्पन्न गर्ने जिम्मा पाएको दिव्यज्योति धनञ्जय जेभीले चालू आर्थिक वर्षभित्र पुलको काम सक्ने गरी काम गरिरहेको थियो। 

पुलको दुवै पिल्लरमा सिमेन्ट स्ल्याप बनाउन रड बिछ्याइए पनि स्काफोल्डिङ (फलामका टेकाहरू) काठको चेक दिने क्रममा अनियन्त्रित भई पुल टुटेको प्राविधिक निचोड छ। मापदण्ड बमोजिम गुणस्तरीय कच्चापदार्थको सन्तलुन नमिलाउँदा पुलको दुर्दशा भएको ताँबुटारका स्थानीय सरकारवाला ईश्वर कार्कीले बताए। उनले भने, ‘चरम प्राविधिक त्रुटिका कारण पुल भत्किएको छ, पुल निर्माणमा देखिएको यस्तो कमजोरीले विकासमा पनि धक्का पुगेको छ, हामी सम्बन्धित निकाय र ठेकेदार कम्पनीलाई खबरदारी गर्छौं।’

पुल नहुँदा उत्तरी भेगका नागरिकलाई जोखिमपूर्ण झोलुंगे पुल तथा फड्केको सहायतामा नदी वारपार गर्ने गरेका छन्। पुल भत्किएपछि स्थानीय निराश बनेका छन्। निर्माणाधीन पुल भत्किएपछि वर्षौंदेखिको सपना पुनः अधुरोमा परिणत भएको अर्का स्थानीय दिलीप राईले बताए। ‘पुल बनेपछि गाउँमा विकास लहर आउला भन्ने थियो। तर, पुल क्षतिवक्षत भयो। अब कहिले बन्ने हो पत्तो छैन’, उनले सुनाए।

ढलान गर्न तयारी अवस्थामा रहेको मोटरेबल पुल भत्किएसँगै स्थानीयको सहजरूपमा आवतजावत गर्ने चाहना पनि निराशामा परिणत भएको छ। स्थानीयले ठेकेदार, ठेकेदार कम्पनीको लापरबाही र इन्जिनियरको कमजोरीका कारण पुल भत्किएको आरोप लगाएका छन्। पूर्वाधार विकास कार्यालय भोजपुरबाट ठेक्का लगाइएको पुल नबन्दै भत्किएपछि नियमनकारी निकायले यसको तत्काल छानबिन गर्नुपर्ने माग स्थानीयको माग छ।

यस्तै, ठेकेदार कम्पनीको लापरबाहीकै कारण निर्माणका क्रममा भाँचिएको दक्षिणी कावाखोलाको पुल वर्षदिन बित्दासमेत पुनःनिर्माण हुन सकेको छैन। हतुवागढी गाउँपालिका २, रानीबास र रामप्रसादराई गाउँपालिका ५, मानेभञ्याङ जोड्ने उक्त पुलको पुनः निर्माण अझै अलपत्र बनेको छ।

गत मंसिर ११ गते प्रदेश १ सरकारको पहलमा स्विस सरकारको ५ करोड अनुदान सहयोगबाट बनेको उक्त पुलको पुनःनिर्माणमा वेवास्ता देखिएको छ। ०७८ चैत मसान्तसम्म काम सक्ने सर्वपक्षीय निर्णय भए पनि अहिलेसम्म उक्त पुल बेवारिसे अवस्थामै रहेको छ। वर्षदिन बितिसक्दा पनि पुलको निकासमा कसैले पनि चासो नदेखाएको स्थानीयको गुनासो छ। ‘काम गर्दा गल्ती हुन्छ। के कारणले भाँचियो भन्ने विषयमा खोजी त गर्नुपर्ला नि ! तर भत्किएको यतिका समयसम्म पुल बेवारिसे हुँदा सास्ती बढेको छ।’ स्थानीय नारायणप्रसाद निरौलाले भने।

भोजपुर मानेभञ्ज्याङ रानीबास घोडेटार सडकखण्डमा पर्ने उक्त पुलको काम २०७७ असार मसान्तसम्म सक्नुपर्ने प्रावधान थियो। तर, समयमा सम्पन्न नभएपछि पछि पुनः म्याद थपिए पनि निर्माण सामाग्री नै गुणस्तरहीन भएकाका कारण पुल भाँचिएको प्राविधिक अनुगमनले देखाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.