अब्बल बन्दै बिमा कम्पनी

अब्बल बन्दै बिमा कम्पनी
सुन्नुहोस्

काठमाडौं : अर्थतन्त्र सुस्ताउँदा वित्तीय संस्थाका परिसूचकले पनि त्यस्तै संकेत गर्छन्। मन्दी छाउँदा वित्तीय संस्थाको नाफा पनि घट्ने र उत्साहले नाफा बढाउने गर्छ। अर्थतन्त्र चलायमान हुँदा सर्वसाधारण बैंक, वित्तीय संस्था बढी धाउँछन्, बिमाका प्रोडक्ट बढी खरिद गर्छन्। सामान्य वस्तुझैं वित्तीय उपकरण खरिद बढी नै हुन्छ।

तर, पछिल्लो समय देशको अर्थतन्त्र चलायमान हुन नसकेको सर्वविदित छ। यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाको खुद मुनाफा पनि घट्यो। तर, बिमा कम्पनीको नाफामा भने कुनै नकारात्मक प्रभाव परेन। चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधि समाप्त हुँदासम्म जीवन बिमा कम्पनीको खुद मुनामा करिब ३३ प्रतिशतले बढेको छ भने निर्जीवन बिमा कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा साढे १७ प्रतिशत बढी खुद मुनाफा गरेका छन्।

जीवन बिमा कम्पनीहरूले असोज मसान्तसमम १ अर्ब ७१ करोड ९९ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन्। गत आर्थिक वर्षको असोज मसान्तसम्म उनीहरूले १ अर्ब २९ करोड ४८ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए। यसैगरी १४ निर्जीवन बिमा कम्पनीको नाफा ९८ करोड रुपैयाँ छ। गत आर्थिक वर्षको तुलनामा निर्जीवन बिमा कम्पनीहरूको खुद नाफा १७.५२ प्रतिशतले वृद्धि भएको हो। गत आर्थिक वर्षको यही अवधिसम्म निर्जीवन बिमा कम्पनीहरूले ८३ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएका थिए।

यस अवधिमा सबै जीवन बिमा कम्पनीको खुद मुनाफा बढेको छ। यस अवधिमा हिमालयन लाइफले सबैभन्दा बढी मुनाफा आर्जन गरेको छ। ३ महिनामा २४ करोड १३ लाख रुपैयाँबराबर मुनाफा गर्ने कम्पनी तीनवटा कम्पनी मर्जर भएर बनेको हो। गत आवमा १७ करोड ८३ रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले गत आवको तुलनामा ३५ प्रतिशत बढी नाफा गरेको हो। सबैभन्दा बढी दरले नाफा बढाउने कम्पनी हो, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय जीवन बिमा कम्पनी। कम्पनीको खुद नाफा साढे १० गुणाले बढेको छ। गत आवको असोजसम्म ३६ लाख रुपैयाँ नाफा गरेको कम्पनीले यस वर्षको पहिलो त्रैमासमा ४ करोड २० लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

नाफा दर धेरै हुने सूचीको दोस्रो नम्बरमा छ, सूर्यज्योति लाइफ। कम्पनीको मुनाफा २ सय ६३ प्रतिशतले बढेर १३ करोड २१ लाख रुपैयाँ कायम भएको छ।

यस अवधिमा सानिमा रिलायन्स लाइफको मुनाफा १ सय २८ प्रतिशतले बढेर ११ करोड १० लाख रुपैयाँ पुगेको छ भने एलआईसी नेपालको मुनाफा ८८ प्रतिशतले वृद्धि भई ३ करोड १६ लाख रुपैयाँबाट ५ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

आईएमई लाइफको नाफा ७६.२१ प्रतिशतले, प्रभु महालक्ष्मी लाइफको मुनाफा ५३.६२ प्रतिशतले, एसियन लाइफको १४ प्रतिशतले वृद्धि भएर १६ करोड रुपैयाँ र नेपाल लाइफको १५ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा मेट लाइफले ९ करोड, सन नेपाल लाइफले १६ करोड,  सिटिजन लाइफले ७ करोड १४ लाख, रिलायबल नेपाल लाइफले ११ करोड १९ लाख र नेसनल लाइफले १३ करोड रुपैयाँ मुनाफा गरेका छन्।

निर्जीवन बिमा कम्पनीहरूले आर्थिक वर्ष २०८०÷०८१ को पहिलो त्रैमाससम्म ९७ करोड ९२ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। तीमध्ये सबैभन्दा बढी नाफा कमाउने कम्पनी हो, नेपाल इन्स्योरेन्स। कम्पनीले ३ महिनामा १४ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यसैगरी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले पनि १४ करोड रुपैयाँ नाफा कमाएको छ।

यता सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बिमा कम्पनीले १३ करोड ७६ लाख, शिखर इन्स्योरेन्सले ११ करोड २४ लाख, नेको इन्स्योरेन्सले ८ करोड ८० लाख, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ करोड ७० लाख, हिमालयन एभरेस्टले ५ करोड ३४ लाख नाफा आर्जन गरेको उनीहरूको वित्तीय विवरणले देखाउँछ। 

तीन महिनाको अवधिमा एनएलजीले ५ करोड १४ लाख, आईजीआई प्रुडेन्सियलले ५ करोड ११ लाख, प्रभुले ५ करोड ६ लाख, युनाइटेड अजोडले ३ करोड ८६ लाख, सानिमा जीआईसीले ३ करोड ३७ लाख, ओरियन्टलले १ करोड ४९ लाख र नेसनल इन्स्योरेन्सले ३७ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्। तीन महिनाको विवरणअनुसार सबैभन्दा बढी नाफा बढाउने कम्पनी हो युनाइटेड अजोड। कम्पनीको नाफा १८० प्रतिशतले वृद्धि भएको छ। यसैगरी राष्ट्रिय बिमा कम्पनीको नाफा १५५.६० प्रतिशत र नेको इन्स्योरेन्सको १४९.५१ प्रतिशतले वृद्धि भएको छ।

भारतीय कम्पनी ओरियन्टल र नेसनल इन्स्योरेन्सको नाफा भनेको घटेको विवरणमा उल्लेख छ। बिमा कम्पनीहरूको त्रैमासिक  अवधि अन्त्यसम्मको नाफा बिमांकीय मूल्यांकनपछि हेरफेर हुन सक्छ।

nullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.