राष्ट्रिय बिमा संस्थान बन्यो ‘कम्पनी’, यी हुन् ६ सर्त

राष्ट्रिय बिमा संस्थान बन्यो ‘कम्पनी’, यी हुन् ६ सर्त
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय बिमा संस्थान कम्पनीमा रूपान्तरण हुने भएको छ। नेपाल बिमा प्राधिकरणले संस्थानलाई कम्पनीमा रूपान्तरण हुन स्वीकृति दिएको छ। यसका लागि प्राधिकरणले ६ वटा सर्त राखेको छ।

२०७९ असोज २३ देखि बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०७९ कार्यान्वयन आएसँगै बिमा संस्थान अनिवार्यमा रूपमा कम्पनीमा जानुपर्ने बाध्यता सिर्जना भएको थियो। नयाँ कानुनले राष्ट्रिय बिमा संस्थान ऐन खारेज गरेर राष्ट्रिय बिमा संस्थानलाई एक वर्षभित्र कम्पनीमा रूपान्तरण गर्नुपर्ने बाध्यकारी अवस्था सिर्जना गरेको थियो।

कात्तिक १६ गते बसेको मन्त्रिपरिषद् बैठकले संस्थानलाई कम्पनीमा रूपान्तरण गर्ने निर्णय गरेअनुसार प्राधिकरणले १८ गते कम्पनीमा परिणत गर्ने पूर्वस्वीकृति दिएको छ। त्यसकै आधारमा राष्ट्रिय बिमा संस्थान कम्पनी रजिस्ट्रारको कार्यालयबाट बुधबार कम्पनीमा रूपान्तरण हुँदैछ।

संस्थानको नाम ‘राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड’ हुनेछ। प्राधिकरणले कम्पनीमा दर्ता भएर जीवन बिमकको रूपमा दर्ता गरी प्रमाणपत्र पाउँ भनी प्राधिकरणमा निवेदन दिएको आधारमा संस्थानलाई जीवन बिमा कम्पनीको प्रमाणपत्र दिइएको हो।

प्राधिकरणको सर्तअनुसार रूपान्तरित कम्पनीले एक वर्षभित्र चुक्ता पुँजी ५ अर्ब रुपैयाँ पुर्‍याउनु पर्नेछ भने यसअघिको सम्पत्ति दायित्वको बिमांकी मूल्यांकन गराई ६ महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्नेछ। यता संस्थानका आर्थिक वर्ष २०६८÷०६९ पछिको लेखापरीक्षण स्वीकृत हुन बाँकी छ। प्राधिकरणले नयाँ कम्पनीलाई कम्पनीमा रूपान्तरण हुन अगाडिको आर्थिक वर्षको वित्तीय विवरणको लेखापरीक्षण गराई त्यसको प्रतिवेदन ६ महिनाभित्र बिमा प्राधिकरणमा पेस गर्न पनि निर्देशन दिएको छ।

‘प्राधिकरणबाट अनुमति प्राप्त गरेको मितिले एक वर्षभित्र बिमा ऐन, २०७९ को दफा ३६ तथा बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ को दफा ४ को खण्ड (क) बमोजिम निर्धारण गरेको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ तथा ऐनको दफा ४४ बमोजिमको सेयर संरचना कायम गरी सोको विवरण प्राधिकरणमा पेस गर्ने,’ प्राधिकरणले तोकेको सर्तमा भनिएको छ। ऐनको दफा ४४ मा बिमकले आफ्नो कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न छुट्ट्याउनुपर्ने व्यवस्था छ।

यी हुन् प्राधिकरणले तोकेका ६ सर्त :

  •  इजाजत प्राप्त गरेको ६ महिनाभित्र बिमा ऐनको दफा ३० को उपदफा (१) बमोजिम राष्ट्रिय जीवन बिमा कम्पनी लि.को नाममा जीवन बिमा व्यवसाय प्रारम्भ गर्नुपर्नेछ।
  •  प्राधिकरणबाट अनुमति प्राप्त गरेको मितिले एक वर्षभित्र बिमा ऐन, २०७९ को दफा ३६ तथा बिमक दर्ता तथा बिमा व्यवसाय सञ्चालनसम्बन्धी निर्देशिका, २०७३ को दफा ४ को खण्ड (क) बमोजिम निर्धारण गरेको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ तथा ऐनको दफा ४४ बमोजिमको सेयर संरचना कायम गरी सोको विवरण प्राधिकरणमा पेस गर्ने।
  •  साबिकको राष्ट्रिय बिमा संस्थान कम्पनीमा परिणत हुनुअघिका आर्थिक वर्षहरूको सम्पत्ति तथा दायित्वको बिमांकीबाट मूल्यांकन गराई सोको प्रतिवेदन ६ महिनाभित्र प्राधिकरणमा पेस गर्ने।
  •  साबिक राष्ट्रिय बिमा संस्थानको आर्थिक वर्ष २०६८-०६९ तथा सोअघिका आर्थिक वर्षहरूका वित्तीय विवरण स्वीकृत हुँदा प्राधिकरणबाट लगाएका सर्त तथा आदेश पालना गरी ६ महिनाभित्र र साबिकको संस्थान कम्पनीमा परिणत हुनु अघिसम्मका आबहरूका वित्तीय विवरणको लेखापरीक्षण गराई सोको प्रतिवेदन प्राधिकरणमा पेस गर्ने।
  •  कर्मचारी सेवा सर्त विनियमावली, आर्थिक प्रशासन विनियमावली, जोखिमांकन, ग्राहक सेवा, बजार प्रवद्र्धन र पुनर्बिमासम्बन्धी कार्यविधि तथा दिग्दर्शन र सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण ऐन, २०६४ को दफा ७ को उपदफा (१) बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति, प्रक्रिया तथा कार्यक्रम अध्यावधिक गरी एक महिनाभित्र प्राधिकरणमा पेस गर्ने।
  •  अन्य सर्त तथा अवस्थाका हकमा बिमा ऐन, २०७९ को दफा २९ को उपदफा (५) बमोजिम प्राधिकरणले जारी गरेका निर्देशिका तथा तोकेका अन्य सर्तहरूको समेत पालना गर्नुपर्ने।

प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.