शिक्षा सपारे सबै सप्रन्छ

विकास बहस

शिक्षा सपारे सबै सप्रन्छ

शिक्षा अपेक्षित नहुँदा समाजमा असल संस्कार बस्न सकेन। राजनीति सदाचारी भएन। प्रशासन व्यावसायिक भएन। अर्थतन्त्र उद्यमशील भएन।

शिक्षाले व्यक्तिको मानसिक चेतनाको क्षितिज उघारिदिन्छ। यो सीप, सामथ्र्य र सशक्तीकरणको प्रक्रिया त हुँदै हो, संस्कार, संस्कृति र स्वभावको निर्माण पनि हो। पाउलो फ्रेरेका अनुसार शिक्षा परिवर्तनकारी शक्ति हो। आदि दार्शनिक सुकरातले सम्पूर्ण रूपमा परीक्षित जीवनमात्र सार्थक हो भनी शिक्षालाई चित्तशुद्धिको शक्ति भनेका थिए।

प्लेटो चित्तशुद्धिलाई मानसिक शुद्धिसम्म शिक्षालाई पुु¥याछन्। अरस्तु भने शिक्षालाई उच्चतम तहमा आनन्द उपयोग गर्ने बौद्धिक शक्ति मान्छन्। प्रयोजनवादी शिक्षाविद् जोन डुवे भने विचार, समीक्षात्मक चेत र सामाजिक सहभागिताको सामथ्र्य विकासलाई शिक्षा मान्छन्। शैक्षिक अनुुष्ठान यही सामथ्र्य निर्माणका ज्ञानशाला हुन्। सबै दार्शनिकको वैचारिक समानता शिक्षाले मानिसलाई विचारशील, चरित्रवान् र सीपयुक्त बनाउँछ।

शिक्षाका वैयक्तिक, सामाजिक र राष्ट्रिय अभीष्ट हुने गर्छन्। सबै मुलुक आफ्ना नागरिकमा खास गुण, ज्ञान, सीप र क्षमता होस् भन्ने चाहनामा शिक्षालाई अभ्यास गर्छन्। सैद्धान्तिक रूपमा भन्दा व्यक्तिमा अन्तरनिहित, गुण, क्षमता र प्रतिभाको प्रस्फुटन गरी राष्ट्रप्रति निष्ठावान्, सीपयुक्त, सिर्जनशील र जिम्मेवार नागरिक तयार गर्न नेपालको शिक्षा क्रियाशील छ। राष्ट्रिय शिक्षा नीति, २०७५ ले ‘शिक्षित, सभ्य, स्वस्थ र सक्षम जनशक्तिः सामाजिक न्याय, रूपान्तरण र समृद्धि’को सोच कार्यान्वयनका लागि नीति तथा उद्देश्यहरू राखेको छ। मुलुक संघीय शासन प्रणालीमा गएपछि तीनै तहका सरकार शिक्षालाई प्राथमिकतामा राखेर वार्षिक कार्यक्रम तथा आवधिक योजनाहरू तर्जुमा गरिरहेका छन्। निजी क्षेत्रले पनि शिक्षालाई सुरक्षित प्रतिफल क्षेत्र मानी लगानी गरिरहेको छ। तर शिक्षाले सैद्धान्तिक तथा स्थापित उद्देश्य पूरा भने गरिरहेको छैन।

१९१० मा दरबार स्कुलको स्थापनाबाट औपचारिक शिक्षामा प्रवेश गरेको नेपाल १९७५ मा त्रिचन्द्र कलेजको स्थापनाबाट उच्च शिक्षामा हुँदै २०१६ बाट विश्वविद्यालय युुगमा पुुग्यो। २०४३ बाट बहुुविश्वविद्यालय अवधारणा अवलम्बन गरियो। अहिले करिब १ हजार ४ सय ५० जति क्याम्पस, ३५ हजार जति विद्यालय र ११ सयजति प्राविधिक शिक्षण संस्थाका आधारमा भन्दा नेपालमा शिक्षाले संरचना विस्तारको चरण पार गरेको छ। यी शैक्षिक संरचनामा करिब ८१ लाख विद्यार्थी शिक्षा लिइरहेका छन् । राज्य तथा समाजले गर्ने लगानीको सबैभन्दा ठूलो हिस्सा पनि यसैमा छ।

समाजमा आशा र सकारात्मकता निर्माण गर्न नसक्नु शिक्षाको असफलता हो। यति विस्तारित संरचना र प्रयासले उपलब्धि किन दिन सकेन त भन्ने विषयमा गहिरिएर सोच–समीक्षा पनि गरिएको छैन। शिक्षा सप्रिए सबै सप्रिन्छ तर शिक्षा बिग्रिएकाले समाज व्यवस्थाका सबै पक्ष सप्रिएका छैनन्। शिक्षा अपेक्षित नहुँदा समाजमा असल संस्कार बस्न सकेन। राजनीति सदाचारी भएन। प्रशासन व्यावसायिक भएन। अर्थतन्त्र उद्यमशील भएन। निजी क्षेत्र बनावटी प्रतिफलमा लम्किएको छ। सहकारी–सामुदायिक संस्थाले विश्वास गुमाए। यसैले शासकीय प्रणालीले आशा निर्माण गर्न सकेको छैन। सुशासन सधैंको कार्यसूची भएको छ।

शिक्षा आफैंमा दिग्भ्रमित हुनुमा केही सवाल छन्। पहिलो सवाल, शिक्षाको उद्देश्य निर्धारण भएको छैन। शिक्षालय खुलेपछि शिक्षा स्वतः लयमा जान्छ भन्ने सोच छ। आधारभूत तहको शिक्षा दैनिकीका सामान्य जानकारी र उच्च शिक्षाको जग हो। माध्यमिक शिक्षाले व्यक्तिलाई जीवन व्यतित गर्ने सीप दिनुपर्छ र उच्च शिक्षाले चाहिँ प्रतिस्पर्धात्मकता। यो उद्देश्यगत तहसोपान अनुरूप पाठ्यक्रम निर्माण र कार्यान्वयन गर्ने संरचना विस्तार गर्नुपर्छ। त्यसपछि मात्र व्यक्तिगत, सामाजिक र राष्ट्रिय आवश्यकता पूरा हुने जग बस्छ।

अर्को सवाल शिक्षा सामाजिक हो कि किनबेच हुने वस्तु भन्ने निक्र्योल छैन। व्यवहारमा त्यसो नभै व्यापारिक वस्तु र बजारले प्रवाह गर्ने विषय बनेको छ। ठूला–साना घरानाले कम्पनीका रूपमा शैक्षिक अनुुष्ठान सञ्चालन गरिरहेछन्। सरकार र निजी क्षेत्रबीच शिक्षा व्यवस्थापनमा प्रतिस्पर्धा छ। निजी क्षेत्र प्रतिफलमुखी छ। सम्पन्नता जुन बाटोबाट भए पनि धन आर्जन गर्ने व्यक्तिका सन्तान र गरिब सर्वसाधारणका सन्तानले लिने शिक्षा फरक भयो।  शिक्षा आफैं वर्ग विभाजक भयो। त्यो सोचवृत्तिलाई शिक्षाले भत्काउनु पर्छ। 

नेपालको संविधानले त शिक्षालाई नागरिक अधिकारमा समावेश मात्र गरेको छैन, सामाजिक न्याय र समाजवाद उन्मुख राज्यप्रणाली स्थापना गर्ने दायित्व नै तोकिदिएको छ। जस्तो शिक्षा त्यस्तै व्यक्तित्व, जस्तो शिक्षा त्यस्तै समाज हुुन्छ। शैक्षिक अनुुष्ठान राजनीतिक गतिविधिका उर्वरभूमि भए, शिक्षक, कर्मचारी र पदाधिकारी राजनीतिमा रमाउने प्राज्ञिकतामा लजाउने गरेका छन्। शिक्षक तयारी नहुँदासम्म शिक्षा उद्देश्यबाट विचलित भइनै रहन्छ। 

शिक्षा भनेको शिक्षक हो। अहिलेको शैक्षिक जनशक्तिको क्षमता, अभिरुचि र शिक्षणशैलीबाट खासै आशा राख्न सकिँदैन। शैक्षिक कार्यक्रम र पाठ्यक्रम कार्यान्वयनमा परिस्कार आवश्यक छ। ज्ञान र सिकाइको क्षेत्र आवश्यकताको आधारमा बढ्दै जान्छ, गतावधिक शिक्षा तथा सिकाइ एक्काइसांै शताब्दीमा पुनर्संरचनाको पखाईमा हुने नै भए। नीति निर्माता र राजनेताले भुल्नै नहुने कुरा सम्पन्नका लागि शिक्षा थप अवसर हो, उत्पीडितका लागि संसार बदल्ने हतियार।

- मैनाली नेपाल सरकारका पूर्वसचिव हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.