घाँटी रेटिएको अवस्थामा घरभित्रै महिलाको शव फेला

घाँटी रेटिएको अवस्थामा घरभित्रै महिलाको शव फेला
सुन्नुहोस्

वीरगन्ज : पर्साको जगरनाथपुर गाउँपालिकामा घाँटी रेटिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । जगरनाथपुर गाउँपालिका -५ मसिहानीकी अन्दाजी ४० वर्षीया कान्ति देवी मुखिया बिनको आफ्नै घरमा मंगलबार साँझ घाँटी रेटिएको अवस्थामा शव भेटिएको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन बिक्रम केसीका अनुसार मंगलबार साँझ ५ बजेतिर घाँटी रेटिएको अवस्थामा बिनको शव उनकै घरमा भेटिएको हो । अर्धनग्न अवस्थामा मृत भेटिएकी बिनको टाउकोमा पनि चोटपटक लागेको भेटिएको केसीले बताए।

बिनका दुई छोरा र तीन छोरी छन् । छोरीहरूको विवाह भइसकेको छ भने कामको सिलसिलामा एकजना छोरा विदेश र अर्का छोरा हेटौँडा बस्दै आएका छन् । घरमा बिन एक्लै बस्दै आएको  केसीले जानकारी दिए । 

मृतक बिनलाई मंगलबार  दिउँसो वरिपरि नदेखेपछि उनलाई खोज्दै घर पुगेकी एकजना छिमेकीले शव देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । घटनाको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी टोली पुगेको थियो ।

घटनास्थलमा पुगेको प्रहरी टोलीले घरको ढोका खोलेर हेर्दा घाँटी रेटिएको अवस्थामा बिनको शव भेटिएको थियो । शव पोस्टमार्टमका लागि  वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको केसीले बताए ।

प्रहरीले घटनास्थलमा बिनको टाउकोमा प्रहार गर्न प्रयोग भएको हुनसक्ने एउटा बाँसको भाटा पनि बरामद गरेको छ । शंकाको आधारमा केही व्यक्तिमाथि प्रहरीले निगरानी पनि बढाएको केसीले बताए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.