भागी विवाहको दण्ड : ‘न नागरिकता, न काम’

भागी विवाहको दण्ड : ‘न नागरिकता, न काम’
नागरिकता विहिन मुन्नी देवी महरा । तस्बिर : मनिका झा
सुन्नुहोस्

जनकपुरधाम : ३५ वर्षीय मुन्नी देवी महरासँग नागरिकता छैन् । उनी आफ्नो गाउँमा हुने जुनसुकै सार्वजनिक कार्यक्रम,भेला वा सभा सम्मेलनमा जाँदा एउटै गुनासो गर्छिन्, ‘हमरा कहुनाक नागरिकता दिआ दु सर’ (मलाई जसरी पनि नागरिकता दिलाई दिनु सर)तर, अहिलेसम्म उनको हार गुहार नत कसैले सुनेको छ नत कसैले उनलाई नागरिकता दिलाउनेमा चासोनै देखाएको छ । 

सप्तरीको राजविराज नगरपालिका-४ बरही बिरपुर गाउँ माईत भएकी मुन्नी नेपालमै जन्मेर यहि हुर्केर नेपालकै युवकसँग प्रेममा परी भागी विवाह गरेकी हुन् । उनको माइत र घर दुवै नेपालमै छ तर,पनि उनले हालसम्म नेपाली नागरिकता पाउन सकेकी छैनन् । 

धनुषाको जनकनन्दनी गाउँपालिका-४,खजुरी गाउँका लतरु महरासँग १७/१८ वर्षकै उमेरमा मुन्नीले प्रेम विवाह गरेकी थिइन् ।  एकपटक मुन्नीको गाउँका साथीहरु काठमाडौं कुनै नेताको जुलुसमा जान लागेका थिए । मुन्नी सो बेला सानै थिइन् ,करिब १३/१४ वर्षकी । उनलाई पनि काठमाडौं जाने रहर लाग्यो । उनी साथीहरूसँगै घरपरिवार छाडेर काठमाडौं गइन् । तर,त्यहाँ उनी साथीहरूसँग छुट्टिन पुगिन् ।' 

‘मलाई छाडेर उनीहरु फर्के,म काठमाडौंमा एक्लै भए । कोही नभएपछि त्यहिँकी एक नास्ता पसल चलाउने निकै राम्रो व्यवहार भएकी साहुनीलाई भेटे । उनले पसलमा काम दिइन्,खाने बस्ने सबै मिलाइ दिइन् । म करिब तीन वर्ष काठमाडौंमै काम गर्दै बसे,'मुन्नीले आफ्नो  विगत सम्झिदै भनिन्,‘काठमाडौंमै हुँदा मैले लतरुलाई भेटे । 

उनैले विवाहको प्रस्ताव राखेका थिए । मलाई पनि घर बसाउनु थियो अनि मैले पनि हो भनिदिए । हाम्रो विहे त्यहिं मन्दिरमा भयो ।’ विहे भएको ६ महिना पछिनै मुन्नीलाई लिएर लतरु गाउँ आइपुगे । तर, गाउँमा उनलाई नत सासू उर्मिला देवी महराले अपनाइन् नत गाउँ समाजले नै । उनलाई खान लगाउनदेखि लिएर,जीवनयापन गर्न समेत समस्या भयो । केही दिन बित्दै गएपछि मुन्नीले दुई सन्तानलाई जन्म दिइने । 

सन्तान भएपछि सासूले ती दुवैको जन्मदर्ता बनाइ दिइन् तर,मुन्नीको नागरिकता भने परिवारले बनाउन मानेन् । ‘मेरो नागरिकता बनायो भने म घरमा हिस्सा माग्छु । फेरी अर्कासँग भाग्छु जस्ता आरोपहरु लगाउँछन्,तेरो भरोसा छैन् भन्छन् त्यहिं भएर हालसम्म नागरिकता बनाईएको छैन्,’उनले सुनाईन् । उनको श्रीमान्को नागरिकता छ तर,त्यो हराइसकेको छ । नागरिकताको नयाँ प्रतिलिपि श्रीमान्ले निकालेका छैनन् । 

श्रीमान् बेरोजगार रहेकोले मुन्नीलाई दुई,बालबालिका र आफ्नो गुजारा गर्नका लागि भएपनि सानो तिनो काम गर्न पाए हुन्थ्यो जस्तो लाग्छ तर,सबै कामको बिचमा तगारो बनेका छ नागरिकता । 
‘एउटा मोबाइलको सिम निकाल्न पनि नागरिकतानै चाहिन्छ । केही काम गरु भने नागरिकतानै चाहिन्छ । गाउँपालिकाले कुनै सेवा सुविधा दिँदा पनि नागरिकता भएकाहरुलाईनै दिन्छन्,यस्तोमा बाँच्नकै लागि नागरिकता चाहिन्छजस्तो लाग्छ तर,मैले जतिसुकै हारगुहार गर्दा पनि नागरिकता पाउन सकेकी छुइन्। ’

खासै पढेलेखेको नभएपनि उनलाई नेपाली राम्रै बोल्न आउँछ । उनी प्रश्न गर्छिन्,‘म यहिं देशको नागरिक हुँ अनि मेरो आफ्नै नाममा नागरिकता बनाउन कुनै न उपाय होला ?’ मुन्नीको नागरिकता बनाउनका लागि उनको परिवारसँग समन्वयको प्रयास गर्ने गाउँपालिकाका वडा अध्यक्ष दिलिप कुमार यादव बताउँछन् ।

'उनको नागरिकता बनोस् भन्ने चाहना हाम्रो पनि छ । तर,उनको श्रीमान् वा परिवारले सनाखत नगरिदिएर समस्या भएको हो । उनलाई नागरिकता दिलाउन हामी प्रयास गर्नेछौं । ’


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.