निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध

निर्माणाधीन सिद्धबाबा सुरुङमार्गमा पहिरो, सिद्धार्थ राजमार्ग अवरुद्ध
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

पाल्पा : पाल्पा बुटवल सडकखण्डको सिद्धबाबा सुरुङमार्ग निर्माणाधिनस्थल ड्यामसाइटतर्फ पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । सिद्धबाबा सुरुङमार्ग निर्माणाधिन स्थलको दुबै तर्फको सुरुङ प्रवेश स्थलमा पहिरो खसेपछि शनिबार रातिदेखि सडक अवरुद्ध भएको हो।

 अवरुद्ध सडक सञ्चालनमा आउन नसकेको दोभान प्रहरी चौकी पाल्पाले जनाएको छ । सडकमा खसेको पहिरो पन्छाउन सिद्धबाबा सुरुङमार्ग निर्माण कम्पनी चाइना स्टेट कर्पोरेसनका प्राविधिक तथा डोजर, स्काभेटर परिचालन भएको दोभान प्रहरी चौकीले जनाएको छ । 

वर्षायाममा समेत निर्माण कम्पनी चाइना स्टेटले लगातार काम गरिहरेको छ। मेसिनको थर्काइबाट ठूलो पहिरो खसेको हुनसक्ने प्राविधिकहरूले अनुमान गरेका छन् । पहिरोले सडक खुलाउन केही समय लाग्ने पाल्पा प्रहरीले जनाएको छ । 

सडक बन्द हुँदा पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाची, पर्वत, बाग्लुङ, कास्कीलगायतका आवतजावत गर्ने सवारी साधनहरु रोकिएका छन् । सिद्धार्थ राजमार्ग भारतीय सिमान सुनौलीबाट पोखरा जोड्ने मुख्य राजमार्ग हो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.