कोशी प्रदेशसभा बैठक शुक्रबारसम्मका लागि स्थगित

कोशी प्रदेशसभा बैठक शुक्रबारसम्मका लागि स्थगित
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेशसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ। सभामुख बाबुराम गौतमले ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए। दलहरूबीच सहमति नभएपछि सभामुखले ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागिसकेपछि दलका नेताहरूले आ-आफ्नो धारणा राखेका थिए। त्यसपछि सभामुख बाबुराम गौतमले साँझ ५:२० बजेबाट बैठक स्थगित गरे। अर्को सूचना जारी गरेर राति ८ बजेसम्मका लागि स्थगित गरियो। 

तर, त्यसपछि बैठक बस्न सकेन। मुख्यमन्त्रीले विश्वासको मत मागे पनि मतदान हुन पाएन। सभामुखले बैठक स्थगित गरेपछि प्रदेशसभाबाट निस्किएका मुख्यमन्त्री र मन्त्री फर्किएर आएनन्। 

त्यसपछि दलका नेताहरू, सचेतक सहितको छलफल राखेर सभामुख प्रदेशसभा बैठक स्थगित गर्ने निर्णयमा पुगेका हुन्। छलफलमा बैठक स्थगित गर्ने सहमति भएको हो।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.