लक्जम्वर्गका मन्त्रीले गरे गोरखा भ्रमण

लक्जम्वर्गका मन्त्रीले गरे गोरखा भ्रमण
पोस्ट प्रोजेक्ट मनिटरिङमा गोरखा आएका लक्जम्वर्गका मन्त्रीको टोली । तस्बिर : हरि देवकोटा

गोरखा : लक्जम्वर्ग देशको विकास सहयोग तथा मानवीय सहायता (परराष्ट्र) मन्त्री फ्रान्ज फायटले गोरखाको भ्रमण गरेका छन् । बुधबार दिउसो १ बजे हेलिकोप्टरबाट गोरखा आएका मन्त्री फ्रान्जले गोरखा अस्पतालको प्रगति विवरण जानकारी लिएर फर्केका हुन् । 

लक्जम्वर्गले गोरखा भूकम्पपछि पाँचवर्ष गोरखा अस्पतालमा फिजियोथेरापी सेवामा सहयोग गरेको थियो । गोरखा अस्पतालको अवलोकनपछि मन्त्री फ्राञ्जले गोरखा नगरपालिका वडा नं ७ हिलेपोखरीका एकजना  किसान दाउरी सार्कीसँग भेटवार्ता गरेका थिए । 

लक्जम्वर्ग सरकारको परियोजनाअन्तरगत बंगुर पालन गरेकी उनीसँग मन्त्री फ्रान्जले भेटवार्ता गरेका हुन् । अपांग रहेका उनका छोरा अभिषेक कोइरालाको पठनपाठनमा मद्दत पुगोस् भन्ने उद्देश्यले परियोजनाले २ वटा सुँगुर पालनमा सहयोग गरेको थियो । हाल उनको २८ वटा सुँगुर देखेर मन्त्री फ्राञ्जले खुशी व्यक्त गरेका थिए । 

साथै उनले गोरखा नगरपालिका वडा नं ८ का अर्का पूर्ण अपांग लाभग्राहीका परिवारसँग भेटवार्ता गरेका थिए । जीविकोपार्जन सहयोग कार्यक्रमअन्तरगत बाख्रापालनमा सहयोग गरेको लाभग्राही सिमोन बस्नेतको परिवारसँग मन्त्रीले भेटवार्ता गरेका हुन् । 

करिब तीन घण्टा गोरखामा विताएका मन्त्री फ्राञ्जलाई गोरखा नगरपालिकाकी उपप्रमुख मसलीमाया थोकर,गोरखा अस्पतालको व्यवस्थापन समिति र एकीकरण नेपाल गोरखाले स्वागत गरेको थियो । मन्त्री फ्रान्जले परियोजनाको दिगोपनाका बारेमा जिज्ञासा राखेका थिए । 

भ्रमण टोलीमा नेपालका लागि लक्जम्वर्गका राजदूत पेग्गी फ्रान्टजेन,विकास सहयोग तथा मानवीय साहयता निर्देशक क्रिस्टोफ सिल्ज,विकास सहयोग तथा मानवीय सहायता नागरिक समाज र गैरसरकारी संयोजक सिल्भी दस सन्तोस, निजी अंगरक्षक, ह्याण्डीक्याप लक्जम्वर्गका निर्देशक म्हेदीमग्हर,नेपालका निर्देशक पाउलिन नादिम डुकोसलगायत उच्चअधिकारीहरुको संग्लनता रहेको थियो । 

लक्जेम्वर्ग ह्याण्डीक्याप इन्टरनेश्नल तथा एकीकरण नेपालसँगको सहकार्यमा गोरखामा समावेशी शिक्षा,समावेशी जीविकोपार्जन र फिजियोथेरापी तथा पुनस्र्थापना कार्यक्रम सञ्‍चालन गरेको थियो । सन् २०१७ बाट सुरु गरेको उक्त कार्यक्रम सन् २०२२ मा समापन भएको छ । 

आफूले सञ्चालन गरेको सहयोग फलदायी बनेको,नबनेको बारे अध्ययन गर्न पोस्ट प्रोजेक्ट मनिटरिङ कार्यक्रमअन्तर्गत मन्त्रीको टोली अनुगमनमा आएको एकीकरण नेपालका कार्यकारी निर्देशक हरि देवकोटाले जानकारी दिए ।

 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.