‘नेपालमा संसारकै सस्तो हाइड्रोजन ऊर्जा उत्पादन हुनसक्छ’

‘नेपालमा संसारकै सस्तो हाइड्रोजन ऊर्जा उत्पादन हुनसक्छ’

पोखरा : नर्वेले सन् २०२५ देखि पेट्रोल र डिजेल गाडी चल्न नपाउने नियम बनाइसकेको छ । डेनमार्कले २०३० मा आफ्नो एयरपोर्टमा जेटइन्धन उपलब्ध नहुने बताइसकेको छ । बेलायतले २०२४ देखि सिमेन्ट लगायत उद्योगले कोइला इन्धन प्रयोग गर्न नपाइने नियम बनाएको छ । विश्वमा थुप्रै देशले परम्परागत इन्धन विस्थापित गर्दैछन् । तर विकल्प के त ? काठमाडौं विश्वविद्यालयका सहप्राध्यापक डा विराजसिंह थापा भन्छन्, ‘अबको ऊर्जा हाइड्रोजन हो ।’ 

विश्वका थुप्रै देश हाइड्रोजन ऊर्जा प्रयोगमा गइसकेको र केही वर्षमै जीवाष्म, कोइला लगायत कार्बन उत्सर्जनका प्रमुख कारक इन्धनमा रोक लगाउने लागेको जानकारी उनै डा थापाले दिएका हुन् । काठमाडौं विश्वविद्यालयको ग्रिन हाइड्रोजन ल्याब र विश्वविद्यालयको भगिनी संस्था कन्सिएस इनर्जी, पोखरा उद्योग वाणिज्य संघ, उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा हाइड्रोजन ऊर्जाबारे डा थापाले शुक्रबार प्रस्तुतीकरण दिँदै थिए । 

डा. थापाले नेपालमा हाइड्रोजन ऊर्जाको व्यापक सम्भावना भएको मात्रै सुनाएनन् । उनले भने, ‘संसारकै सस्तो हाइड्रोजन हामी उत्पादन गर्न सक्छौं ।’ नेपालमा जलविद्युत प्रशस्त उत्पादन हुँदै गरेकाले त्यसैको प्रयोगले हाइड्रोजन उत्पादन सस्तो पर्न जाने जानकारी डा. थापाले दिए । उनका अनुसार साउदी अरेबिया र युएई जस्ता खाडी मुलुकले सौर्यऊर्जा र समुद्रको पानी प्रयोग गरी हाइड्रोजन उत्पादनमा खर्बौं लगानी गरिसकेका छन् । ‘हामीकहाँ जलविद्युत छ, हाइड्रोजन बनाउनका लागि प्रशस्त पानी पनि छ,’ उनले भने । 

काठमाडौं विश्वविद्यालयका प्राज्ञिक औद्योगिक संयोजक डा. राम लामाले हाइड्रोजन ऊर्जाको सम्भाव्यताबारे जनचेतना बढाउने उद्देश्यले नै पोखरा आएर कार्यक्रम गरिएको बताए ।  विश्वविद्यालयमा उत्पादित ज्ञान र सिपलाई उद्योगमार्फत समाजमा हस्तान्तरण गर्दै कन्सिएस इनर्जी प्रालिको स्थापना गरी ग्रिन हाइड्रोजन प्रविधिलाई उद्योगीहरुबाट नेपाल अनुरुप प्रयोगमा ल्याउन परामर्श दिइने जानकारी डा रामले दिए । विश्वविद्यालय केही वर्षयता नेपालमा हाइड्रोजन ऊर्जाको सम्भाव्यताको खोज, अनुसन्धान र पैरवीमा लागिरहेको अर्का विश्वविद्यालयका ग्रिन हाइड्रोजन पिएचडी रिसर्चफेलो इन्जिनियर लक्षमण लामाले जानकारी दिए । 

डा. थापाका अनुसार प्रधानमन्त्री स्तरमै नेपालमा हाइड्रोजन गाडी भित्र्याउनेसम्बन्धी पहल पुगेको छ । तर उनले हाइड्रोजन गाडी भन्सारबाट भित्र्याउने, गाडी नम्बर दिने, प्लान्ट राख्ने सम्बन्धी कानुन अभाव रहेको उनले सुनाए । तर हाइड्रोजन ऊर्जा सम्बन्धी नीतिको मस्यौदा तयार भइसकेको जानकारी उनले दिए । 

तेल बेचेर धनी भएको साउदी अरेबियाले समेत अब पेट्रोल डिजेल बेचेर हुन्न, बजार हाइड्रोजनको छ भनेर त्यता लागेको हुँदा नेपालको उद्यमी व्यवसायी पनि लगानीका लागि तयार हुनुपर्ने डा. थापाको भनाइ थियो । 

‘कोइला बालेर, पेट्रोल, डिजेलबाट गाडी गुडाएर जति पनि कार्बन उत्सर्जन भएको छ, त्यसले मानव सम्भता नै संकटमा पा¥यो,’ उनले भने, ‘त्यसैले शून्य कार्बन उत्सर्जन हुने हाइड्रोजनको विकल्प छैन ।’ अन्तर्राष्ट्रिय बजारमा हाइड्रोजन ऊर्जाको भाउ सस्तो हुँदै गएको जानकारी उनले दिए । ५ डलर प्रति किलोग्रामबाट २ डलरमा झरिसकेको र अब १ डलरमा झर्ने अनुमान गरिएको उनको भनाइ थियो । 

नेपालका डाँडाकाँडा र पहाडपर्वतका दुर्गम बस्तीसम्म पुग्ने बस र ठूला सवारी साधनहरु हाइड्रोजन ऊर्जाबाट चल्नुपर्छ भन्ने डा थापाको धारणा थियो । काठमाडौंबाट कर्णाली जाने बस ब्याट्रीबाट चलाउन सम्भव नहुने तर हाइड्रोजन ऊर्जा प्रयोग गरेर ठूलाठूला ट्रक, डोजरदेखि जहाजसम्मै चल्ने जानकारी उनले दिए । ‘५ किलोग्राम हाइड्रोजन ऊर्जा हालेको कारले करिब १३ सय ६५ किलोमिटर दुरी यात्रा गर्न सकिन्छ,’ उनले भने । 

भारतमा टाटा कम्पनीले यात्रुबाहक बस हाइड्रोजन ऊर्जाले चल्ने बनाइसकेको, जापानमा त्यस्ता कार बजारमा आइसकेको लगायत जानकारी पनि डा. थापाले दिए । उनले बायोग्यासबाट उत्सर्जन हुने कार्बनडाइअक्साइडमा हाइड्रोजन मिसाएर ‘सिन्थेटिक मिथेन ग्यास’ बनाउन सकिने जानकारी पनि दिए । ‘सिमेन्ट उद्योगले फाल्ने कार्बनमा पनि त्यसै गरेर सिन्थेटिक नेचुरल ग्यास बनाउन सकिन्छ,’ उनले भने, ‘त्यस्तो अभ्यास संसारमा सुरु भइसकेको छ ।’ जर्मनले रुसबाट किन्ने मिथेन ग्यासको मात्रा घटाउन लागेको थापाले सुनाए । ‘आफ्नै उद्योगले उत्सर्जन गरेको कार्बनडाइअक्साडमा हाइड्रोजन मिसाएर सिन्थेटिक मिथेन ग्यास बनाइरहेको छ,’ उनले भने । 

कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापती, महासंघको गण्डकी समितिका उपाध्यक्ष सूर्य भुजेल, लेखनाथ उद्योग वाणिज्य संघ, पोखरा औद्योगिक क्षेत्र उद्योग संघका प्रतिनिधि, पोखरा कलेज अफ मेनेजमेन्टका प्रिन्सिपल चैतन्य अधिकारीसहित पोखराका उद्यमी व्यवसायी सहभागी थिए । विज्ञहरुले पोखरा औद्योगिक क्षेत्रबाट उत्सर्जन हुने कार्बनलाई हाइड्रोजन मिसाएर नेचुरल ग्यास बनाउने दिशामा जान सुझाव दिएका थिए । 

काठमाडौं विश्वविद्यालयको प्राज्ञिक औद्योगिक संयोजक डा. राम लामाले नेपालमा ग्रिन हाइड्रोजन प्रविधिलाई समयमै सरकार, उद्यमीव्यवसायीहरुले पहिचान गरी सही सदुपयोग गरे देशमै रोजगारीको सिर्जना हुने जनाए । ‘पेट्रोल र डिजेल किन्न हामीले अर्बौं रुपैयाँ विदेश पठाइरहका छौं,’ उनले भने, ‘ग्रिन हाइड्रोजन उत्पादन गरी आपैmले प्रयोग गर्नेमात्रै होइन निर्यात पनि गर्न सक्छौं, त्यसबाट वातावरण पनि जोगिन्छ, विदेशी मुद्रा पनि आर्जन हुन्छ ।’ अब निजी क्षेत्रले नेतृत्व गरी हाइड्रोजन प्रविधिलाई कार्यान्वयन गर्नुपर्ने उनले सुझाए । नेपालकै जलविद्युत र पानीको सदुपयोग गरी हाइड्रोजन ऊर्जाबाट देशको अर्थतन्त्र सुधार्न लाग्नुपर्ने उनको भनाइ थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.