गैंडाका लागि सुखद दशक

गैंडाका लागि सुखद दशक
फाइल तस्बिर।
सुन्नुहोस्

 चितवन : गैंडा संरक्षणमा पछिल्लो दशक निकै सुखद रह्यो। चोरी सिकारीबाट गैंडा जोगाउन चुनौती देखिए पनि गैंडाको संख्यामा उल्लेख्य वृद्धि भएको देखिएको छ। दुर्लभ वन्यजन्तुको रूपमा रहेको एक सिंङ्गे गैंडाको संख्या वृद्धिले संरक्षणकर्मीहरू खुसी छन्। चोरी सिकारीको घटना न्यूनीकरणसँगै संख्या बढाउन चितवन राष्ट्रिय निकुञ्ज सफल भएको हो। ६ वर्षमा नेपालमा १ सय ७ वटा गैंडा बढ्दा चितवनमा मात्र ८९ गैडा बढे। 

नेपालमा १९५० को दशकमा ८ सय गैंडा थिए। तर, १९६० को दशकमा घटेर करिब एक सय हाराहारीमा आइपुगेको थियो। त्यसपछि संरक्षणका लागि कार्यक्रम लक्षित गरियो। अहिले नेपालमा गैडाको संख्या ७५२ पुगेको छ। २०१५ मा गरिएको गणनामा ६ सय ४५ वटा गैंडा थिए। गैंडा संरक्षण क्षेत्रमा ठूलै फड्को मारेको निकुञ्जका सहायक संरक्षण अधिकृत गणेश तिवारीले बताए। 

सन् १९७३ मा मात्रै सरकारले गैंडा संरक्षणलाई प्राथमिकतामा राखेर चितवन राष्ट्रिय निकुञ्ज निर्माण गरेको थियो। शसस्त्र द्धन्द्धको बेला चोरी शिकारी बढेको थियो। आ.व. २०५७/५८ मा मात्र ३७ वटा गैंडा चोरी–सिकारीले मारेका थिए। सन् २००५ को गणनामा जम्मा ३७२ मा झर्‍यो। २०६१/६२ मा २५ वटा गैंडा मरेकामध्ये अधिकांश चोरी सिकारीबाट मारिएका थिए। त्यसपछि चोरी शिकारी नियन्त्रणको काम तीव्र पारियो। ‘पछिल्लो समय चोरीशिकारीको घटनामा कमी आउनु, संरक्षणमा स्थानीयको चासो बढ्नु र बासस्थान व्यवस्थापनका कारण गैंडाको संख्या बढाउन सकिएको हो,’ उनले भने, ‘दुर्लभ वन्यजन्तुको संख्या बढ्नु सरक्षणमा मिलेको सफलता हो। यसले नेपाललाई विश्वसामू पहिचान बढाएको छ।’null

वास्तवमा खाग तस्करी र अवैध व्यापारका लागि चोरी–सिकारीले गैंडा मारिन्छन्। आव २०७३/७४ मा पनि २५ गैंडा मरेका थिए। त्यस्तै, आर्थिक वर्ष २०६२/६३ मा १७, २०६३/६४ मा १५, २०६४/६५ मा १३, २०६५/६६ मा १७, २०६६/६७ मा २४, २०६७/६८ मा १६, २०६८/६९ मा १३, २०६९/७० मा १०, २०७०/७१ मा ११, २०७१/७२ मा ११ र २०७२/७३ मा १४ गैंडा मरेका थिए। सन् २००६ मा गैंडाको चोरी–सिकारी शून्यमा झरेकोमा २०७० सालपछि तीनवटा गैंडाको मात्र चोरी–सिकारी भएको छ। 

चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगानाले समुदायको अग्रसरताले मात्रै संख्या बढेको बताए। ‘अहिले गैंडा हाम्रो हो भन्ने बुझेका छन्। त्यसैले पनि समुदाय जागेका छन्। समुदाय जागरुक नभएको भए संरक्षण सफल हुन्थेन,’ उनले भने, ‘मानवीय क्षतिमा दिइने राहत, लागेजति उपचार खर्चको व्यवस्थाले पनि मानव वन्यजन्तुको द्धन्द्ध कम भएपछि संरक्षणमा सफल भएका हौं।’

भारतको आसामस्थित काजिरंगा राष्ट्रिय निकुञ्जपछि चितवन राष्ट्रिय निकुञ्ज एकसिंगे गैंडाको संसारकै दोस्रो ठूलो वासस्थान हो। एक सिंगे गैडा हेर्नकै लागि पर्यटक चितवन आउने गरेका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.