कांग्रेसले माग्यो गण्डकी प्रदेशका मुख्यमन्त्रीको राजीनामा

कांग्रेसले माग्यो गण्डकी प्रदेशका मुख्यमन्त्रीको राजीनामा
सुन्नुहोस्

पोखरा : नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई छिटो मार्ग प्रशस्त गर्न अनुरोध गरेको छ। नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन फिर्ता लिएको भोलिपल्ट शनिबार पत्रकार सम्मेलन गर्दै कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले मार्गप्रशस्त गर्न आग्रह गरेका हुन्। 

गण्डकी प्रदेशमा माओवादी केन्द्र र राप्रपाको सर्मथनमा एमालेका संसदीय दलका नेता अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए। केन्द्रमा राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादीसहितका दलको गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्डको निर्देशनमा माओवादी मन्त्रीले शुक्रबार राजीनामा दिएर समर्थन फिर्ता लिएका थिए। 

कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डेले छिटो छिटो राजनीतिक मोर्चाबन्दी फेरबदल हुनु मुलुकलाई आवश्यक राजनीतिक स्थिरताका लागि अधिकार नभए पनि राष्ट्रपतिको निर्वाचनपछि फेरिएको राजनीतिक समीकरण निर्वाचनका समयमा जनतासँग गरेका प्रतिबद्धता र वाचा अनुकूल रहेको बताए। बहुमत गुमाइसकेर अल्पमतमा परेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न पनि उनले सरकारको ध्यानाकर्षण गरेको बताए। 

६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन कांग्रेस र माओवादीको सहज बहुमत पुग्छ। २७ सिटसहित गण्डकीमा कांग्रेस सबैभन्दा ठूलो दल छ। २२ सिटसहित एमाले दोस्रो दल छ। ८ सिटसहित माओवादी तेस्रो  र राप्रपाको २ सिट छ। एक जना स्वतन्त्र सांसद (मनाङबाट सर्वसम्मत स्वतन्त्र सांसद बनेका राजीव गुरुङ (दिपक मनाङे) पनि छन्। 

कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे प्रदेश सरकार फेरिए पछिका मुख्यमन्त्री बन्ने लाइनमा छन्। माओवादीका नेता हरिबहादुर चुमान पनि अहिलेको सरकार परिवर्तन भएपछि मुख्यमन्त्रीको दाबी आफ्नो पार्टीको रहने बताउँछन्। माओवादीले समर्थन फिर्ता लिए मुख्यमन्त्री खगराज अधिकारीले १ महिनाभित्र संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने हुन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.