राष्ट्रपतिमा सर्वसम्मत गराउन अझैं प्रयासरत छु : प्रधानमन्त्री

राष्ट्रपतिमा सर्वसम्मत गराउन अझैं प्रयासरत छु : प्रधानमन्त्री
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गोरखा : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउँदो २५ गतेसम्म सर्वसम्मतिको राष्ट्रपति बनाउने योजनामा आफू  रहेको बताएका छन् । तेस्रो बारपाक सुलिकोट रनिङ शिल्ड प्रतियोगिता समापन कार्यक्रम एवं सहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा सहभागी हुन आइतबार बारपाक सुलिकोट आएका प्रचण्डले सर्वसम्मतिमा राष्ट्रपति बनाउने योजना सुनाएका हुन् ।

‘मैले निर्वाचन लड्दै गर्दा जुनजुन राजनीतिक दल मिलेर भोट मागेका थियौं,गर्दै जाँदा परिस्थिति नयाँ बन्यो र म प्रधानमन्त्री भिन्न तरिकाले भएँ’,उनले भने, ‘हिजोमात्रै फेरि राष्ट्रपतिको चुनावको सन्दर्भमा आउँदा आठदल एकठाउँमा भएका छौँ । नेकपा एमालेसँग पनि लगातार हाम्रो वार्ता र संवाद भइरहेको छ । हाम्रो कोशिस छ कि, २५ गतेसम्म जाँदा राष्ट्रपति सर्वसम्मत भयो भने धेरै राम्रो हुनेछ । त्यो कोशिस पनि हामी गरिरहेका छौँ ।’

सर्वसम्मतिको राष्ट्रपति नभए पनि स्थायित्व र विकासका लागि अझै सहयोगी र विश्वासको वातावरण बन्ने उनले बताए।

उनले आफ्नो बाँकी जीवन मुलुकको विकास र संवृद्धिका लागि बिताउने बताए । ‘सहिद र वेपत्ताहरूको स्मरण गर्दैगर्दा,म यो प्रतिवद्धता व्यक्त गर्दछु कि, मेरो बाँकी जीवन देशको विकास र संवृद्धिका लागि विताउने छु’,उनले भने,‘मेरो ध्यान ठूला परियोजनातिर छ । जसले गर्दा आउँदा पिढीले पनि यो परियोजना यो बेलामा सुरु भएको थियो भनेर सम्झनेछन् ।’ 

सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता छानबिन आयोगसँग सम्बन्धित विधेयक पारित भएपछि सहिद तथा बेपत्ता,घाइतेहरूलाई परिपुरण दिन,बालबच्चाको भरण पोषण,स्वास्थ्य उपचारको व्यवस्थाले केही मलमपट्टी लाग्ने उनले विश्वास व्यक्त गरे।

जनयुद्ध र जनआन्दोलनमा ज्यान गुमाएकालाई राष्ट्रिय सहिद घोषणा गरिने प्रधानमन्त्री दाहालले बताए । उनले भने ‘जनयुद्ध र जनआन्दोलनका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरेर राजपत्रमा प्रकाशित गर्ने सोच बनाएको छु ।यो पनि उनीहरूप्रतिको सम्मान हुनेछ।'

२०६४ सालमा प्रधानमन्त्री हुँदा राष्ट्रिय सहिद घोषणा गरेपनि राजपत्रमा प्रकाशित नभएको बताउँदै उनले त्यतिबेलाको माइन्यूट खोजेर पत्ता लागेपछि राजपत्रमा नामावली प्रकाशित गरिने बताए । त्यसअघि प्रधानमन्त्री दाहालले भने अहिले पहिलो पटक फागुन १ गतेलाई जनयुद्ध दिवस मनाउने भनेर नेपाल सरकारबाट निर्णय भएको छ सहिद,बेपत्ता योद्धा प्रति यो एउटा सम्मान हो ।’

पहिल्यै हुनुपथ्र्यो काम अहिले ढिलै भएपनि पूरा हुन लागेको प्रधानमन्त्री दाहालले बताए ।  ‘ढिलै भएपनि प्रक्रिया अघि बढ्दैछ,यसको नेतृत्व गर्ने अवसर मेरै पालामा अहिले प्राप्त भएको छ,देशभरीका युद्ध पीडितका लागि यो खुसीको कुरा हो ।’

आफू प्रधानमन्त्री भएपछि अर्थतन्त्रमा सुधारको संकेत देखिएको दावी उनले गरे । केही ठूला परियोजना र शुसासनमार्फत प्रधानमन्त्रीको तेस्रो कार्यकाल इतिहासमा सम्झने खालको गर्न लागेको उनले बताए ।

गोरखाको विकासका लागि यो अपूर्वअवसर आएको भन्दै उनले सबैले मिलेर यो अवसरको सदुपयोग गर्नुपर्ने बताए ।  

सडक कालोपत्रे गर्ने,बूढीगण्डकी जलविद्युत आयोजना निर्माण अघि बढाउने,बेनिघाट—लार्के सडक निर्माण गर्ने,उत्तर दक्षिण करिडोर, पालुङटार एरपोर्ट संचालन,रबर उद्योग संचालन लगायतका विषय आफूलाई स्मरण भइरहेको उनले बताए ।

प्रधानमन्त्री दाहालले तेस्रो राष्ट्रपति रनिङ शिल्डको पुरस्कार शिक्षा तथा सामाजिक विकास समिति संयोजक कृष्ण गुरुङलाई हस्तान्तरण गरेका थिए ।
नेपाली सेनाको हेलिकोप्टरबाट बारपाक सुलिकोट आएका उनी त्यहाँबाट गोरखा २ कै पालुङटारमा आयोजित कार्यक्रममा सहभागी भएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.