'सत्ता गठबन्धनको समझदारी मै राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने बहस सुरु भएको हो'

'सत्ता गठबन्धनको समझदारी मै राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने बहस सुरु भएको हो'

तानसेन: नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धनको समझदारी मै राष्ट्रपतिमा राष्ट्रिय सहमति जुटाउने बहस सुरु भएको बताएका छन्। 

सत्ता साझेदार दलको समझदारी अनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने बहस सुरु गरेको ज्ञवालीले बताए। 

प्रेस चौतारी नेपाल पाल्पाले तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले उपमहासचिव ज्ञवालीले भने, 'प्रधानमन्त्रीले राष्ट्रपति निर्वाचनमा एमाले उम्मेदवारको लागी अहिले बहस गरिरहनु भएको छ। यो राम्रो पक्ष हो। छलफल विचार विमर्श नगरिकन निर्वाचनमा जानुभन्दा, बहस छलफल गरेर जानु राम्रो हो भनेर प्रधानमन्त्री छलफल चलाउनु भएको हो।'

माओवादीकै प्रस्तावमा यो सरकार गठन भएकोले माओवादीकै प्रस्तावमा एमालेलाई राष्ट्रपति दिने सहमति भएकोले अन्य पक्षको विषयमा चर्चा गर्नु मनको लडड् घिउसँग खाने जस्तै भएको ज्ञवालीले बताए।
 
एमाले उपमहासचिव ज्ञवालीले तत्काल काग्रेससँग सत्ता सहकार्य हुने सम्भावना नरहेको बताए। एमाले उपमहासचिव ज्ञवालीले संघ र प्रदेशको निर्वाचन सकिएपछि काग्रेससँग एजेण्डागत रुपमा छलफल गरी मुलुकलाई स्थायी सरकार निर्माणको प्रस्ताव अस्वीकार्य गरेकाले तत्काल एमाले र काग्रेसबीच सत्ता सहकार्य सम्भावना नरहेको बताए।
 
मुलुकमा २००७ सालदेखि अहिलेसम्म अस्थिर राजनीतिको कारण मुलुकमा राष्ट्रियता कामजोर भएको, विदेशी शक्तिको चलखेल बढेको, संस्थागत विकास हुन नसकेको,  परराष्ट्र नीतिमा एकरुपता हुन नसकेको, दलीय एकता कायम हुन नदिएको ज्ञवालीले बताए। २०७२ सालको नयाँ संविधानपछि पनि राजनीतिक दल सत्ता लिप्साकै कारण मुलुकमा स्थायित्व हुन नसकेको एमाले नेता ज्ञवालीले बताए।
 
प्रचण्डको नेतृत्वमा वर्तमान सरकार गठन भएपछि प्रदेशमा मन्त्रालय घटाउने, सुशासन कायम गर्ने, अर्थतन्त्रका सुचक सुधार गर्ने तर्फ काम सुरु भएको ज्ञवालीले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.