पृथ्वीनारायण

पृथ्वीनारायण

सपना देखे नि गोर्खाका राजा

पृथ्वीनारायणले मेरा बाबा पृथ्वीनारायणले
ओकली दिए नि राजाका हातमा
गोरखनाथले मेरा बाबा गोरखनाथले।

निद्रा है देखी नि ब्युँझेर हेर्दा
थिएन केही पनि मेरा बाबा थिएन केही पनि
राजाले मनमा विचार गरे
अचम्मै भो भनी मेरा बाबा अचम्मै भो भनी।

हिम्मतै आयो नि जोस जाँगर बढ्यो
सभा भो दरबारमा मेरा बाबा सभा भो दरबारमा
सन्देश पुग्यो नि खबर पुग्यो
भारदारका घरमा मेरा बाबा भारदारका घरमा।

बाइसै चौबिसै टुक्रालाई जोडी
बनाए नेपाल ए मेरा बाबा बनाए नेपाल
एउटै मालामा उनेका राज्य
भइगयो विशाल मेरा बाबा भइगयो विशाल।

जय जयकार गरी नि विजय उत्सव
मनाउँदै जनता मेरा बाबा मनाउँदै जनता
हाँसो र खुसीले उज्याला मुख
आनन्द मनमा हे मेरा बाबा आनन्द मनमा।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.