स्याङ्जा १ मा कांग्रेसका राजु थापा विजयी

स्याङ्जा १ मा कांग्रेसका राजु थापा विजयी

स्याङ्जा : स्याङ्जा निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका राजु थापा विजयी भएका छन्। उनी २ हजार ४५५ मतान्तरसहित नेकपा एमालेका नारायणप्रसाद मरासिनीलाई पराजित गर्दै सांसद बनेका हुन्।

थापाले  ३१ हजार ९९९  मत पाउँदा मरासिनीले  २८ हजार ७४४ मत  पाए। यसैगरी, तेस्रोमा स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका बोधराज रेग्मीले  ६ हजार ६५ मत  पाए।

थापा लोकतान्त्रिक बामगठबन्धनतर्फका साझा उम्मेदवार हुन्। मतगणनादेखिको अग्रता उनले अन्त्यसम्म कायमै राखे।

थापा र मरासिनीबीचको प्रतिस्पर्धा लगातार तेस्रो पटकको हो। उनीहरु २०७० सालमा भएको संविधानसभा सदस्य निर्वाचनदेखि २०७४ को संघीय निर्वाचन र हालसम्म प्रतिस्पर्धी रहे।

दोस्रोपटक सम्पन्न २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसतर्फका उम्मेदवार थापा यही क्षेत्रबाट विजयी भएका थिए। त्यसपछिको २०७४ सालको संघीय निर्वाचनमा गठबन्धनसहित नेकपा एमालेका मरासिनी निर्वाचित भएका थिए।

दुई संघीय निर्वाचन क्षेत्र रहेको क्षेत्र नं. १ मा स्वतन्त्रसहित १२ जना चुनावी प्रतिस्पर्धामा थिए।

को हुन थापा ?

करिब ४४ वर्षीय थापा नेपाली कांग्रेस स्याङ्जाका जिल्ला सभापति हुन्। पुतलीबजार नगरपालिका ४ रामकोशमा जन्मेका उनी विद्यालय तहदेखि नेपाल विद्यार्थी संघमा आवद्ध थिए।

निर्माण व्यवसायहुँदै राजनीतिमा आएका उनी स्पष्ट बक्ता र सहयोगी छन्। युवापंक्तिबीच लोकप्रिय उनी सबै वर्गका लागि उत्तिकै सहयोगीमा रुपमा परिचित छन्। लालकिल्लाका रुपमा रहेको स्याङ्जा क्षेत्र नं. १ लाई झण्डै २० पछि २०७० सालमा भएको दोस्रो पटकको संविधानसभा निर्वाचन जितेर कांग्रेस किल्ला बनाउन सफल रहे।

संविधानसभा सदस्य, जिल्ला सभापतिसँगै अहिले विद्यायकको जिम्मेवारी स्याङ्जा क्षेत्र नं. १ बासीले उनै थापालाई दिएका छन्।

निर्वाचितसँगै स्याङ्जाको विकासका लागि सबै राजनीतिक दलसँग सहकार्य गर्दै अघि बढ्ने र वर्तमान आवश्यकता र परिवेस सुहाउँदो नीति निर्माणमा आफ्नो ध्यान रहने बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.