स्याङ्जा सदरमुकाम गुल्जारमय बनाउँछु  : थापा

स्याङ्जा सदरमुकाम गुल्जारमय बनाउँछु  : थापा

स्याङ्जा : प्रतिनिधिसभा क्षेत्र नं १ का प्रत्यक्षतर्फका उम्मेदवार राजु थापाले स्याङ्जा सदरमुकाम गुल्जारमय बनाउने बताएका छन्। 

निर्वाचन आउन अब ३ दिन मात्र बाँकी रहदा सदरमुकामबासी मतदाताका घरदैलो गर्दै उनले सदरमुकाम गुल्जारमय बनाउन त्यसक्षेत्र वरपरका दुई जिल्ला तथा दुई क्षेत्र जोड्न सडकमार्ग पक्की सहित आवश्यकता अनुरुपका विकास सहित उद्योगधन्दाका लागि वातावरण निर्माण गर्ने उनले बताए।

‘लामो समयसम्म एकपक्षीय राजनीतिक अखडा भएकै कारण सदरमुकामबासीले विकास र परिवर्तनको अनुभूत गर्न पाएनन्। जसका कारण शिक्षा, स्वास्थ्य र रोजगारका लागि अन्यत्र शहर जान बाध्य हुनुपरयो।।’उनले थपे,  'अब ति सबै सेवा र सुविधा सदरमुकाममै उपलब्ध गराउने वातावरण मिलाएर बाहिर गएकालाई पनि फर्काउने काममा म जुट्नेछु।’   

उनले भने, 'दुई जिल्ला जोड्ने पक्की सडकहरु बाडखोला—दुलेगौडा,   पुतलीखेत — कार्कीनेटा, छोरेपाटन — बाडखोला, घुम्ति — चिसापानी सडक पक्की बनाउने, डेडीकेटेड सहितको २ लेनको सिद्धार्थ राजमार्ग मेरो प्राथमिकतामा छन्।’

यसैगरी, सर्वशुलभ र निशुल्क शिक्षा, स्वास्थ्य, खाद्य, खानेपानी, भौतिक पूर्वाधार, सडक, यातायात, उद्योग, ब्यवसाय, निजी क्षेत्र, संस्कृति तथा पर्यटन, युवा लक्षित योजना, शहरी विकास, सुशासन, वनवातावरण, उर्जा, जलस्रोत, श्रम रोजगार, पुल पुलेसा सहित उनका चुनावी एजेण्डा छ्न्।

युवा र महिलालाई रोजगारसंग जोडी आयआर्जन र सीपमूलक तालिम तथा उद्योग ब्यवसाय संचालनगरी युवा र महिलालाई आत्मनिर्भर बनाउने, सबै धर्म सम्प्रदायलाई समान शिक्षा, रोजगार र अवसरमा सहयोग, जिल्ला अस्पताललाई एक सय शैयामा स्तरोन्नती, आधीखोला, सेतीखोला, दरौंखोलामा तटबन्ध, कृषिलाई प्राथमिकतामा राख्ने लगायतका चुनावी एजेण्डा छन्। 

रोजगारका लागि घर बाहिर रहदा यहाँका उर्वरभूमिको उपयोग हुन नसकेको जनाउँदै उनले कृषिका माध्यमबाट आयआर्जनसंग पारिवारिक मेल गराउने वातावरण सृजना गर्ने उनले जोड दिए। 

नेपालकै सबैभन्दा गुणस्तरीय र स्वादिला सुन्तला हुने स्याङ्जाका सुन्तला चीन लगायतका छिमेकी मुलुकमा निर्यात गर्ने, बाँझा जग्गाजमिनको उपयोग गर्दे कफी, मौसमी तथा बेमौसमी फलफूल तथा तरकारमा व्यवासायिकरण उद्यम संचालन गर्ने जस्ता किसानमुखी नीति निर्माणगरी रोजगारका लागि अन्यत्र सहरमा जाने वा विदेशिने युवापंक्तिलाई जिल्लामै अड्याउने वातावरण बनाउने उनका प्रतिवद्धता छन्। 

एशियाकै पहिलो नमूना पर्यटकीय गाउँ शिरुवारी, निर्माणाधिन गोर्खा स्मारक  (साल्मेडाँडा), दरौंको थाप्ले स्थित एशियाकै अग्लो बुद्ध मूर्ति, मिलेनियम ट्रयाक लगायतका महत्वकांक्षी एवं निर्माण सम्पन्न हुन नसकेका विशेष र महत्वाकांक्षी आयोजनाहरु प्रति राज्यको ध्यानाकर्षण गराउँदै उचित सम्बोधन गर्ने उनले बताए। 

‘म २०७० सालमा निर्वाचित भएपछि सुरुवात गरेका कामलाई एमाले सरकारले थप वजेट नदिदा अलपत्र परेको छ,' उनले भने, ‘नागरिकका दैनिक जनजीवनसँग जोडिएका ती विकासे योजनालाई पुरा गर्ने प्रतिवद्धतासंगै स्याङ्जाको भुगोल सुहाउँदो उद्यम, व्यवसाय सञ्‍चालन गरी स्वरोजगारसँग जोडिएका कामलाई प्राथमिकतामा राखेकोछु।’

दोस्रो पटकको संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार थापाले जितेपछि यस क्षेत्रमा थापाको आर्कषण बढेको छ। युवाका आर्कषणमा रहने उनी यसपटक आफनो जित सुनिश्चित रहेको दावी गर्छन। 

विस २०७० को संविधानसभा, २०७४ को प्रतिनिधिसभा र अहिले पनि थापा र मरासिनी नै प्रतिस्पर्धी उम्मेदवार हुन्। ०७० मा थापा निर्वाचित भए भने ०७४ मा मरासिनी।  ०७४ मा नेकपा माओवादी, एमाले सहित बामगठबन्धन थियो भने अहिले कांग्रेस सहितको लोकतान्त्रिक बामगठबन्धन छ। स्थानीय निर्वाचनको मतपरिणाम हेर्दा कांग्रेसको मत बढी छ। 

त्यसमा पनि लोकतान्त्रिक बामगठबन्धनका उम्मेदवारलाई नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीको पनि मत थपिनेछ। यसरी हेर्दा सबैले इमान्दारितापूर्वक मतदान गरेमा यस क्षेत्रमा लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवार राजु थापाको जित सुनिश्चित भएको कांग्रेस प्रवक्ता भरतप्रसाद लम्साल भन्छन्।

त्यसो त, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र नेकपा समाजवादी पार्टीले इमान्दारिता प्रर्दशन गर्दै लोकतान्त्रिक बामगठबन्धनका साझा उम्मेदवारलाई भोट दिएमा स्याङ्जामा लोकतान्त्रिक साझा गठबन्धनको जीत सुनिश्चित देखिन्छ। 

नेकपा एमालेले झण्डै २० वर्षसम्म जितेको यस क्षेत्रमा २०७० सालमा थापाले जितेका थिए। भने नगरपालिका घोषणापछि स्थानीय पालिकामा पनि नेपाली कांग्रेसले पहिलो पटक अहिले जितेको छ।

स्याङ्जाका २ प्रतिनिधिसभा र ४ प्रदेशसभा छ। लोकतान्त्रिक बामगठबन्धन र नेकपा एमालेबीच यहाँ चुनावी प्रतिस्पर्धा हुन्छ।  प्रतिनिधिसभा क्षेत्र नं. १ मा स्वतन्त्र सहित ११ राजनीतिक दल चुनावी प्रतिस्पर्धामा छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.