तानसेन नगरपालिकाले दियो युवा उद्यमीलाई विनाधितो सहुलीयत दरमा ऋण

तानसेन नगरपालिकाले दियो युवा उद्यमीलाई विनाधितो सहुलीयत दरमा ऋण

तानसेन : तानसेन नगरपालिकाले नगरकाले ९८ जना नव उद्यमी युवाहरुलाई विनाधितो सहुलीयत दरमा ऋण प्रवाह गरेको छ । तानसेन नगर सरकारले कृषि तथा पशु पालन क्षेत्रमा लागेका युवाहरुलाई बैंकमा जमानी बसेर विनाधितो सहुलीयत दरमा ऋण प्रदान गरेको हो ।

तानसेन नगरपालिकाले नगरका १४ वटै वडाहरुका युवालाई उद्यमी बनाउने अभियानाका साथ ग्लोबल आइ एमइ बैंक, हेफर इन्टरनेशनल, ग्रामिण आर्थिक विकास संघ रेडाको साझेदारीमा ३० जना युवाहरुलाई विनाधितो ऋण सहयोग गरेको हो भने नेपाल बैंक लिमिटेडको सहकार्यमा ६८ जना युवा उद्यमीलाई ऋण प्रदान गरेको हो । नगरपालिकाको जमानीमा करिब साढे ६ करोड रुपैयाँ युवाहरुमा ऋण प्रवाह भएको हो ।

तानसेनका युवालाई आफ्नै गाउँ ठाउँमा स्वरोजगार बनाउने उद्देश्यले तानसेन नगरपालिकाले आफै जमानी बसेर युवाहरु उद्यम विकासका लागि ऋण प्रदान गरेको हो। दुई चारजनालाई रोजगारी समेत दिने उद्देश्यले तानसेन नगरपालिकाले दोस्रो चरणामा नगरका ३० जना युवालाई सहुलीयत दरमा ऋण प्रदान गरेको हो।

तानसेन नगरपालिका नगर प्रमुख, युवा उद्यमी, सम्बन्धित वडाका वडा अध्यक्ष, सदस्य, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृत तथा कर्मचारीहरुको रोहवर तथा जमानीमा युवाहरुलाई विनाधितो ऋण प्रदान गरिएको हो ।

युवाहरुले ग्लोबल आइएमइ बैंकबाट न्युनतम ३ लाखदेखि ९ लाख रुपैयाँसम्म सहुलीयत ऋण पाएका छन् । महिला उद्यमीका लागि ४ प्रतिशत र पुरुष उद्यमीका लागि ५ प्रतिशत सहुलीयत व्याजदरमा ऋण उपलब्ध गराइएको छ।

तानसेन नगरपालिकाका नगर प्रमुख अशोककुमार शाही, ग्रामिण आर्थिक विकास संघका कार्यकारी निर्देशक लिलाबहादुर कार्की र ग्लोबल आइएमई बैकका शाखा प्रमुख वीरबहादुर सारुले ३० जना युवालाई संयुक्तरुपमा ऋण प्रदान गरेका हुन् ।

१८ वर्षदेखि ४० वर्षसम्मका युवा, वैदेशिक रोजगारीबाट फर्किएका, स्वदेशमा स-सानो व्यवसाय गरेपनि पुँजीको अभावमा उत्पादन वृद्धि गर्न नसकेका युवा, महिला, जनजाती, दलित, उत्पीडित जातीलाई ऋण प्रवाहमा तानसेन नगरपालिकाले पहिलो प्राथमिकता दिँदै आएको नगर प्रमुख अशोक कुमार शाहीले बताए ।

तानसेन नगरपालिकाले यसअघि नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा ६८ जना युवालाई करिब ४ करोड ५० लाख सहुलीयत ऋण प्रदान गरेको हो। ऋण पाएका उद्यमीलाई सफल बनाउने, उद्यमीहरुको स्थलगत निरीक्षण गर्ने, युवालाई फर्मअनुसार कृषि तथा पशु पालनका तालिम प्रदान गर्ने, उत्पादनलाई बजारसँग जोड्ने काममा सहजीकरण गर्दै आएको निर्देशक लिला बहादुर कार्कीले बताए ।

ग्लोबल बैंकका शाखा प्रमुख बीरबहादुर सारुले स्वदेशमै केही काम गरौं उद्यमी बनौं भन्ने सोच भएका युवालाई आवश्यकता अनुसार लगानी गर्न तयार रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.