बिप्पा सम्झौता र लगानी

बिप्पा सम्झौता र लगानी

बिप्पा जतिसक्दो धेरै देशसँग गर्ने क्रियाकलाप भएको देखिन्छ, त्यसो हुन ऐन–लगानी वातावरण आवश्यक छ


नेपालले लगानी भित्र्याउन सन् १९८३ पछि अर्थात् तेत्तीस वर्षयता फ्रान्स,भारत,मौरीसस,फिनल्यान्ड,बेलायत र जर्मनीसँग बिप्पा अर्थात् लगानी प्रवद्र्धन तथा सुरक्षण प्रत्याभूति सम्झौता गरेको छ। यी सम्झौताहरू पञ्चायतकालमा दुई, बहुदल पुःनस्र्थापनापछि दुई र गणतन्त्र आएपछि दुई गरी आधा दर्जन सम्झौताहरू भएका रहेछन्। राणाकाल र यसभन्दा अघि विशेषतः भारत र तत्कालीन तिब्बतसँग आर्थिक तथा गैरआर्थिक सन्धिसम्झौता हुँदै आए।विश्वमा उदारीकरण परिस्थिति सन्दर्भमा विशेषतःसन् १९९२ पछि नेपालमा व्यापक उदारीकरण पश्चात्वैदेशिक लगानी प्रवेश गर्न खुकुलो हुँदै आएको छ। वैदेशिक लगानी भन्नाले सहज भाषामा एक देशको पुँजी लगेर अर्को देशमा लगानी गर्ने कार्य हो। कानुन बनाएर वा मानेर एक देशको लगानी अर्को देशमा हस्तान्तरण गर्दा त्यसको सुरक्षा–संरक्षणका लागि दुई देशबीच गरिने सम्झौता नै बिप्पा हो।

अंग्रेजीमा बिप्पा बाइल्याटरल इन्भेष्टमेन्ट प्रोमोसन एन्ड प्रोटेक्सन एग्रिमेन्टको छोटकरी रूप हो।समग्रमा यो सम्झौता देशको आर्थिक विकासका लागि उद्योगधन्दा, व्यापार व्यवसायका लागि विदेशी लगानीकर्ता आकर्षित, प्रोत्साहित र प्रवद्र्धनका लागि दुई देशबीच गरिने एक सम्झौता हो। विदेशी लगानी भित्र्याउनप्रायः देशले बिप्पा गर्ने गर्छन्। यस्तो परम्परा आर्थिक रूपमा सम्पन्न देशले सुरुआत गरेको देखिन्छ।पाकिस्तान र जर्मनीले सन् १९५९ मा पहिलोपटक यस्तो सम्झौता भएको थियो। अध्ययन गरिएको अभिलेखअनुसार १ सय ७७ देशले २ हजार ५ सयभन्दाबढी बिप्पा गरिसकेका छन्।कुनै पनि देशमा व्यापार तथा लगानी बिस्तारमा दुई पक्षीय व्यापारसम्बन्धी बिप्पा सम्झौतापत्रको लगानी प्रवेश गर्नमा ठूलो भूमिकाहुन्छ। यसले सफल भएको खण्डमा देशलाई समृद्ध बनाउँछ।

अमेरिका,चीन, भारतलगायतका देशले पनि थुप्रै देशसँग बिप्पा गरेका छन्। भारतले ८० भन्दा बढी देशसँग बिप्पा गरी भारतको वैदेशिक व्यापारमा उल्लेखनीय हासिल गरेको छ। नेपाल–चीनको व्यापार सहजीकरणका लागि पनि चीनसँग बिप्पा हुन अनिवार्य छ। बिप्पा गरेर मात्र व्यापार तथा लगानी बढ्ने चाँही होइन। यसका लागि ठूलो कसरत आवश्यक पर्छ। जबसम्म नेपालको आन्तरिक उत्पादन बढ्दैन, तबसम्म आयात र निर्यातबीचको उच्च असन्तुलन कम हँुदैन। नेपालले बिप्पाबाट प्रभावकारी लाभ लिन सक्दैन।बिप्पा भएका भारतबाहेकका देशबाट उल्लेखनीय लगानी आउन सकेको देखिँदैन। भारतसँग त बिप्पाभन्दा धेरै अघिदेखि लगानी आएको देखिन्छ। तीन वर्षयता बिप्पा गरिएका देशबाट एक सय ६७ उद्योग दर्ता भई कूल ४६ अर्ब २९  करोड ४७ लाख रुपैयाँबराबरको लगानी प्रस्ताव आएको देखिन्छ। यसमध्ये कति वास्तविक लगानी भयो, त्यसको यकिन विवरण देखिँदैन।

बिप्पा गरिएका देशबाट सुरुदेखि हालसम्म ९० अर्ब ७ करोड रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ। साधारणतया बिप्पा सम्झौताले विदेशी कम्पनीलाई स्वदेशीसरह नै व्यवहार र लगानी प्रत्याभूति गरिएको हुन्छ। नेपालले भारतसँग गरेको बिप्पा सम्झौताको मुख्य विवाद क्षतिपूर्तिको देखिन्छ। यस सम्झौताअनुसार सरकारले यदि दंगा, आन्तरिक द्वन्द्व, संकटकाल र अन्य देशसँग युद्ध हुँदा कुनै कम्पनीमा भएको क्षतिपूर्ति दिने हो भने देशीविदेशी कम्पनीलाई समान व्यवहार गर्ने नै हो। तर भारतसँग भएको उतm सम्झौताबारे बहस चल्दा भारतीय कम्पनीले त्यस्तै क्षतिपूर्ति पाउँछन्। अन्यले पाउँदैनन् भनेर व्याख्या गरियो र समस्या देखाइयो। यो विवाद बिस्तार भएर अदालतमा गएपछि अदालतले भारतसँगको बिप्पा सम्झौता कार्यान्वयन नगर्नू भनेर आदेश दिएको अवस्था छ।

भारतसँगको विवादास्पद द्धिपक्षीय बिप्पा भएको चार वर्षभन्दा बढीमा सरकारले अनुमोदनका लागि व्यवस्थापिका संसद्मा लैजाने तयारीमा थियो। सर्वाेच्च अदालतमा मुद्दा चलिरहे पनि अनुमोदनका लागि बाधा नभएको भनी सरकारले संसद्मा लैजाने तयारीमाछ।बिप्पा भएपछि नेपाल र भारतबीच विद्युत् व्यापार सम्झौता वा पीटीए भएको छ भने माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको आयोजना विकास सम्झौता वा पीडीए पनि भएको छ।बिप्पा सम्झौता भएपछि हालसम्म फ्रान्सबाट ५२ करोड ९० लाख, जर्मनीबाट एक अर्ब २६ करोड, बेलायतबाट आर अर्ब ६ करोड, मौरीससबाट तीन अर्ब ३१ करोड, फिनल्यान्डबाट ३३ करोड र भारतबाट ८० अर्ब ६५ करोडको लगानी प्रतिवद्धता आएको देखिन्छ। यसमध्ये कति–कति वास्तविक लगानी कति भयो  त्यसको यकिन विवरण देखिँदैन। फ्रान्सबाट ठूलो परियाजनामा लगानी प्रतिबद्धता देखिँदैन।

बिप्पामा अन्य थप बुँदाहरूमा अन्तर्राष्ट्रिय व्यापार, भौगोलिक बनावट, नेपालसँगको सम्बन्धलगायतका केही विषय देशअनुसार सामान्य फरक हुन्छ। तर पनि ट्रेड,सुरक्षा,लगानी र प्रतिफल फिर्ता लैजानेलगायतका विषय अन्तर्राष्ट्रिय मापदण्ड र मान्यताअनुसार द्धिपक्षीय बिप्पा सबै देशसँग हुने गर्दछ।

नेपालको मुख्य आर्थिक साझेदार भारतसँग बिप्पा गरेको पाँच वर्ष लागेको छ। तर मुद्दा परेकोले भारतसँगको सम्झौता कार्यान्वयन भएको छैनभनिएको छ।नेपालले चीनसहित टर्की, संयक्त अरब इमिरेट्स, पाकिस्तान,टर्की र कतारसँग बिप्पा गर्ने तयारी हुँदै गरेको छ।स्वदेशी र विदेशी लगानी आकर्षित नभएसम्म देश समृद्ध हुँदैन।नेपाल र चीनबीचकोे बिप्पा हुन लागेको भने पनि बिप्पाको मस्यौदा एक वर्षभन्दा बढी अघिदेखि चीनमै रोकिएको छ भनिन्छ। चीनले पठाएको बिप्पाको मस्यौदामा नेपालका सरोकारहरूसँग सोधपुछपछि बिप्पामा समेटिनुपर्ने बुँदाहरू  परराष्ट्रमार्फत पठाएपछि चीनले कुनै प्रतिक्रिया पठाएको छैन। यसबाट के बुझिन्छ भने नेपालले चीनले पठाएको बिप्पाको मस्यौदामा संशोधन गरेपछि चीन थप प्रतिकृयाका लागि मौन रहेको देखिन्छ। चीनबाट मस्यौदा फिर्ता आएपछि अन्तिम रूप दिई छिट्टै चीनसँग बिप्पा हुने भनिन्छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार बिप्पामा राष्ट्रिय व्यवहार, अधिग्रहणसम्बन्धी विषय, नोक्सानीवापतको क्षतिपूर्तिसम्बन्धी विषय, लगानी र सोको प्रतिफल फिर्ता लैजाने व्यवस्था, कर्मचारीको प्रवेश र बसाइँसम्बन्धी विषयहरू, लाभहरूको इन्कारीसम्बन्धी विषयजस्ता द्धिपक्षीय  सरोकारको मुद्दाको विषयमा अन्तर्राष्ट्रिय मान्यताअनुसार हुनुपर्छ। सोहीअनुसार नेपालले सबै देशसँगको बिप्पामा यस्ता बुँदाहरू छैनन् भने सच्याउनु पर्छ।

बिप्पामा अन्य थप बुँदाहरूमा अन्तर्राष्ट्रिय व्यापार, भौगोलिक बनावट, नेपालसँगको सम्बन्धलगायतका केही विषय देशअनुसार सामान्य फरक हुन्छ। तर पनि ट्रेड,सुरक्षा,लगानी र प्रतिफल फिर्ता लैजानेलगायतका विषय अन्तर्राष्ट्रिय मापदण्ड र मान्यताअनुसार द्धिपक्षीय बिप्पा सबै देशसँग हुने गर्दछ। स्मरण गराइन्छ कि नेपाली वस्तु चीनतर्फ निर्यात गरी व्यापार घाटा कमगर्न चीनले नेपालका अधिकांश वस्तुमा शून्य भन्सार सुविधा प्रदान गर्नुपर्छ। जसले पूर्वाधारको अभावमा पूर्ण उपयोग हुन नसकी चीनतर्फ नेपालको निकासी ह्वात्त बढ्न सकेको देखिँदैन। चीनले बेलाबेलामा थप नेपाली वस्तुलाई शून्य भन्सार सुविधा बढाउँदै आएको छ। चीनबाट यस्तो शून्य भन्सार सुविधाप्राप्त निर्यात हुने नेपाली वस्तुका संख्या आठ हजार ३० पुगिसकेको छ। चीनले सन् २००७ मा चार हजार सात सय २१ वस्तुलाई यस्तो सुविधा दिएको थियो। २०१२ देखि सातहजार सात सय ८७ वस्तुलाई दिइआएकोमा अझ नेपालको वस्तु संख्या बढ्दै गएको देखिन्छ। त्यसपछि यो संख्या ८ हजार ७ सय ३१ मा लागू भए पनि नेपालले शून्य भन्सार सुविधाबाट लाभ हासिल गर्न सकेको छैन।

यस्ता र पछि हुने व्यवस्थासँगै नेपालबाट निर्यात हुने वस्तुमध्ये ९७ प्रतिशत यस्तो भन्सार सुविधाबाट लाभान्वित हुने अपेक्षा गरिएको छ। यस्तो व्यवस्था सन् २०१५ डिसेम्बरभित्र कार्यान्वयनमा ल्याउने दुवै पक्षबीच सहमति भएको थियो।चीनको बजारमा करमुक्त र कोटामुक्त प्रवेशको व्यवस्था गरिएको भए पनि त्यो अझसम्म नेपालको हितमा उपयोग भएको देखिँदैन।नेपालमा उत्पादित वस्तुले जति सहज भारतीय बजारमा प्रवेश पाउँछन्, चिनियाँ बजारमा त्यत्ति सहज भने छैन। खासगरी नेपालसँग सीमा जोडिएको तिब्बतमा नेपाली कृषिजन्य वस्तुको माग धेरै हुन सक्दछ। वर्षेनी चीनबाट नेपालमा करिब ९० अर्बको आयात र नेपालबाट चीनमाकरिब ३–४ अर्बको सामान निर्यात हुने गरेको देखिन्छ। अझै प्रशोधित वस्तुहरूको निर्यातको पनि ठूलो सम्भावना छ। चीनका लगानीकर्ताले नेपालमा समान लगानी संरक्षणको सुविधा पाएमा नेपालमा उत्पादित सामग्री उत्तरी छिमेकी सीमा नजिकका बजारमा पठाउन र कारोबार बढाउन सकिन्छ।

यस सन्दर्भमा चीनसँग हुने बिप्पा सम्झौताले नेपालमा चिनियाँ लगानी अझ बढ्ने र व्यापार घाटा कम हुने आशा गर्न सकिन्छ।बिप्पा सम्झौता रोकेर देशलाई फाइदा छैन। तर बिप्पा गर्ने देशले अहिलेसम्म कति लगानी गरेको छ? भविष्यमा कति लगानी र रोजगारी सिर्जना गर्ने सम्भावना कति छ? भन्ने आधारमा सम्झौता गर्ने चलन छ। सम्झौताबारे अन्यौल देखिएको देश भारत सबैभन्दा बढी एफडीआई भित्र्याउने देश भएको देखिन्छ। बिप्पा जतिसक्दो धेरै देशसँग गर्ने क्रियाकलाप भइआएको देखिन्छ। त्यसो हुन ऐन–लगानी वातावरण हुन आवश्यक छ।पछिल्ला वर्षमा नेपालमा चीनबाट हुने लगानी पनि व्यापक वृद्धि भएको छ। चीन केहीवर्षअघि नेपालको पहिलो प्रत्यक्ष लगानीकर्ता बनेको देखिन्छ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनले विश्वबजारमा आपूर्ति गर्ने वस्तुहरूको तुलनामा नेपालको निर्यात गर्ने वस्तु अत्यन्त कम भएकाले व्यापारघाटा बढेको हो।

- लेखक व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका पूर्वनायव कार्यकारी निर्देशक हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.