लाईसेन्स लिन प्रहरी कार्यालय पुगेका सेवाग्राहीको मृत्यु

लाईसेन्स लिन प्रहरी कार्यालय पुगेका सेवाग्राहीको मृत्यु

विराटनगर : जिल्ला प्रहरी कार्यालय मोरङमा सेवाग्राहीका रुपमा पुगेका विराटनगर महानगरपालिका–४ ईक्राहीका ४५ वर्षीय फणिन्द्र भनिने ध्रुव खरेलको शुक्रबार मृत्यु भएको छ ।

प्रहरी नियन्त्रणमा रहेको आफ्नो सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र ब्लुबुक लिनका लागि पुगेका खरेल त्यहीँ बेहोस भएका थिए । प्रहरी कार्यालयभित्र रहेको प्रतिक्षालयमा बसिरहेका बेला एक्कासी बेहोस भएपछि उपचारका लागि खरेललाई कोसी अञ्चल अस्पताल विराटनगर पु¥याइएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले बताए ।

श्रेष्ठले खरेलमा लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र मुटुको समस्या रहेको बताए । घरमा औषधि खान बिर्सिएका कारण स्वास्थ्यमा समस्या आएर उनको मृत्यु भएको जानकारी परिवारका सदस्यले गराएको दावी प्रहरीको छ ।

‘प्रहरी कार्यालयको प्रतिक्षालयमा बसिरहेको अवस्थामा असहज भएपछि खरेल त्यहीं रहेका अन्य व्यक्तिको सहयोगमा आराम गरिरहेका थिए,’ डीएसपी श्रेष्ठले भने, ‘अचानक बेहोस भएपछि भने उपचारका लागि अस्पताल लगिए पनि बचाउन भने सकिएन ।’

मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाएको भन्दै प्रहरीले माघ २ गते उनको लाइसेन्स र ब्लुबुक नियन्त्रणमा लिएको थियो । मापसे गरेर सवारी चलाउने चालकको कागजपत्र नियन्त्रणमा लिएर मोरङ प्रहरीले चालकसंग परीक्षा लिने गरेको छ । मापसे गरेर सवारी चलाउँदा ट्राफिक नियम उल्लंघन गरेको रुपमा लिंदै ट्राफिक नीति नियमका बारेमा सोधिएका प्रश्नको उत्तर लिखित परीक्षामार्फत दिएर उत्तीर्ण गरेपछि मात्रै प्रहरीले सम्बन्धित चालकलाई लाइसेन्स र ब्लुबुक बुझाउने गरेको छ ।

खरेलका आफन्त र स्थानीयले भने प्रहरीले लिने परीक्षा दिनका लागि प्रहरी कार्यालयमा पुगेपछि मृत्यु भएको बताउँदैआएका छन् । डीएसपी श्रेष्ठले भने यसअघि नै परीक्षा दिइसकेर उत्तीर्ण भएपछि आफ्ना कागजपत्र लिन खरेल आएका बेला घटना भएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.