प्रचण्ड लोकतन्त्रले काममा भाँजो हाल्यो भन्दै हिँड्छन् : रामचन्द्र पौडेल

प्रचण्ड लोकतन्त्रले काममा भाँजो हाल्यो भन्दै हिँड्छन् : रामचन्द्र पौडेल

गोरखा : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा अधिनायकवाद लाद्ने दिवास्वप्ना नदेख्न चेतावनी दिएका छन् । नेपाल प्रेस युनियन गोरखा शाखाको अधिवेशनको मंगलबार उद्घाटन गर्दै नेता पौडेलले नेपाली कांग्रेस रहुञ्जेल सर्वसत्तावाद र अधिनायकवाद सफल नहुने दाबी गरे।

'नेपालमा कम्युनिष्ट अधिनायकवाद लाद्ने कम्युनिष्टले दिवास्वप्न देखिरहेका छन्, उनले भने, 'संसदमा सिट कम ल्यायो होला तर नेपालमा नेपाली कांग्रेस छ त्यसैले नेपालमा नेकपाको सर्वसत्तावाद र अधिनायकवाद हामी रोक्छौं, त्यो दिवास्वप्न हामी कदापि पूरा हुन दिदैनौं।'

विस्तृत शान्ति सम्झौताले माओवादी पार्टी, उसको हतियार र सेनालाई तीनतिर पारिसके पनि अझैं युद्धको धङधङी देखाइरहेको उनको आरोप छ। 'विस्तृत शान्ति सम्झौतापछि मुलुकमा स्थायी शान्ति, लोकतन्त्र र मानव अधिकार आइसकेको छ। संविधानसभाबाट संविधान आइसकेको छ र चुनावबाट चुनिएर आइसके पनि नेकपाका अध्यक्ष प्रचण्ड बेलाबेला लोकतन्त्रले काम गर्न भाँजो हाल्यो भन्दै हिँड्छन्, पौडेलले आक्रोश पोखे, 'यो उहाँको नाच्न जान्दैन आँगन टेढो भन्ने प्रवृत्ति हो, लोकतन्त्रको भर्याङ चढेर अधिनायकवादमा पुग्ने नियत हो।'

लोकतन्त्रको भर्याङ चढेर अधिनायकवादको शिखर चढ्ने कम्युनिष्ट शैली लोकतन्त्रको खतराको संकेत भएको उनको टिप्पणी छ। नेकपाका अध्यक्ष प्रचण्डले लोकतन्त्रिक परिपाटीमा विकास हुन सक्दैन भन्ने आरोप लगाएर मुलुकमा दुर्घटना निम्त्याउन गम्भीरता चालबाजी गरेको भन्दै सबैमा सचेत हुनुपर्ने पनि औंल्याए।'प्रचण्डले प्रजातन्त्रले काम गर्न दिएन, लोकतन्त्रमा विकासको काम गर्न सकिएन, लोकतन्त्र नभएको भए ढ्यामढ्याम्ती निर्णय गरिन्थ्यो भन्दै हिँडेको देखेको छु, उनले भने, 'यो अवास्तविक मात्र होइन, उहाँभित्रको अलोकतान्त्रिक चरित्र पनि हो।दुईतिहाई बहुमतको नेतृत्व गरेको देशको यत्रो ठूलो पार्टीका नेताले लोकतन्त्रमाथि हवला बोल्नु दुर्भाग्यपूर्ण कुरा हो।'

यसमा खराब नियत देखिएको उनको आरोप छ। 'प्रधानमन्त्रीमा लगेर सबै पावर थुपार्ने, सबैशक्ति प्रधानमन्त्रीमा केन्द्रित गर्न थालिएको छ। अहिले उहाँहरुले बोल्दै हिँडेको कुरा र काम गराईले कम्युनिष्ट सर्वसत्तावादतर्फ केन्द्रित भएको देखिन्छ, पौडेलले भने।

केन्द्रीय समिति बनाउने, केन्द्रीय समितिको बैठक नबसी दुईजनाको निर्णयले पार्टी चलाउने कम्युनिष्ट शैलीमा देश चलाउन खोजिएको कांग्रेस नेता पौडेलले आरोप लगाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.