हात्तीको आक्रमणबाट सडक मजदुरको मृत्यु

हात्तीको आक्रमणबाट सडक मजदुरको मृत्यु

विराटनगरः पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी नगरपालिका १० लक्ष्मीमार्गमा जंगली हात्तीको आक्रमणबाट सोमबार विहान एक सडक मजदुरको मृत्यु भएको छ । राजमार्ग मर्मत र सरसफाइमा खटिएका मजदुर मोरङको जहदा गाउँपालिका–४ का ५५ वर्षीय रघु महतोको हात्तीको आक्रमणबाट मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी निशान थापाले बताए । 

थापाका अनुसार सडक छेउमै त्रिपाल टाँगेर बनाइएको टेन्ट भित्र सुतिरहेको अवस्थामा जंगलबाट निस्किएको हात्तीले विहान २ बजे आक्रमण गरेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो । उनी लामो समयदेखि सडक मर्मत र सरसफाइको काम गर्दै आएका मजदुर भएको प्रहरीले जनाएको छ ।

महतोसँगै सुतेका अन्य दुई भने हात्ती आएको थाहा पाउन साथ भागेर ज्यान बचाउन सफल भएको डिएसपी थापाले बताए । महतो पनि ज्यान जोगाउन भाग्न खोज्दै गर्दा हात्तीको आक्रमणमा परेको जानकारी उनले दिए । मजदुरले सडक छेउमा त्रिपाल टाँगेर बनाएको टेन्ट पनि हात्तीले भत्काइदिएको छ । उनीहरुले त्यहाँ भित्र राखेका खानेकुरा पनि खाइदिएको छ । 

घटनापछि हात्ती उत्तरतर्फको जंगलतिर लागेको प्रहरीले जनाएको छ । घटना लगत्तै स्थानीय बासिन्दा होहल्ला गरेर निस्कन थालेपछि हात्ती उत्तरतर्फ लागेको हो । महतोको शव पोष्टमार्टमका लागि मोरङको उर्लाबारी स्थित मंगलबारे अस्पतालमा लगिएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.