एमाले उम्मेदवार भण्डारीका बुवाको गरियो दाहसंस्कार

एमाले उम्मेदवार भण्डारीका बुवाको गरियो दाहसंस्कार
भ्यागुते खेलाको सेती दोभानमा भण्डारीको बुबाको दाहसंस्कार गरिँदै। तस्बिर : प्रताप ओली
सुन्नुहोस्

बझाङ : बझाङ प्रदेश सभा क्षेत्र नम्बर- १ को उपनिर्वाचनमा नेकपा (एमाले) उम्मेदवार दमनबहादुर भण्डारीको बुवाको दाहसंस्कार गरिएको छ । एमाले उम्मेदवार भण्डारीका बुवा चक्रबहादुर भण्डारीको ८८ वर्षको उमेरमा मंगलबार बिहान निधन भएको हो । 

बुधबार भ्यागुते खेलाको सेती दोभानमा उनको अन्तिम संस्कार गरिएको हो । उनको पार्थिव शरीरमा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा,पोलिट ब्युरो सदस्य राजेन्द्र रावल र केन्द्रीय सदस्य ऐन महरले सामूहिक रुपमा पार्टीको झण्डा ओढएर श्रद्धाञ्जली दिएका थिए । 

श्रद्धाञ्जली सभामा बोल्दै स्थायी कमिटी सदस्य कर्ण थापाले शोकलाई शक्तिमा बदल्नु पर्ने बताएका थिए । ‘आगामी १५ गते यहाँ उपनिर्वाचन हुँदैछ निर्वाचन उत्कर्षमा पुगेको बेला यस्तो दु:खद घटना सुन्नु परेको छ’ थापाले भने,‘यो शोकलाई अब शक्तिमा बदल्नु पर्छ । सबै जुटौं। लागौं।'

२०७९ मंसिरको निर्वाचनमा बझाङ–१ बाट निर्वाचित नेपाली कांग्रेसका प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको २०७९ असार ५ गते सवारी दुर्घटनामा मृत्यु भएपछि वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

यहाँ एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिएको छ। एमालेबाट दमन भण्डारी उम्मेदवार छन् भने काङ्ग्रेसबाट अभिषेक सिंह उम्मेदवार छन् । अभिषेक स्वर्गीय सिंहका छोरा हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.