नयाँ पार्टी गठनपछि अशोक राईले भने : सरकारलाई समर्थन कायम छ,अस्थिरताको पक्षमा छैनौं

नयाँ पार्टी गठनपछि अशोक राईले भने : सरकारलाई समर्थन कायम छ,अस्थिरताको पक्षमा छैनौं
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : अशोक राईको नेतृत्वमा बनेको जनता समाजवादी पार्टीले वर्तमान सरकारलाई समर्थन दिने भएको छ। विभाजनपश्चात आइतबार नयाँ दल जसपाका अध्यक्ष राईले वर्तमान सरकारलाई दिएको समर्थन निरन्तर रहने जानकारी गराएका हुन्।

उनले आफूहरु अस्थिरताको पक्षमा नरहेको स्पष्ट पारे। विधानमा भएका व्यवस्थालाई कुल्चेर नेतृत्व अघि बढेकाले आफूहरु चुप लागेर नबस्ने निर्णय गरिएको राइले बताए।  

यस्तै संघीय परिषद् अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले आफूहरुको बहुमत सांसदको साथ रहेको र वर्तमान सरकारको निरन्तरताको पक्षमा रहेको बताए। अध्यक्ष यादवले पार्टी विधिसम्मत नभएकाले आफूहरुले छुट्टै पार्टी दर्ता प्रक्रियामा गएको बताए।

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएर राईको नेतृत्वमा जसपा बनेको हो। पार्टी विधि विधान अनुसार चल्न नसकेको भन्दै जसपाका केहि सांसदहरुले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएका हुन्। उनीहरुले नयाँ पार्टीको नाम पुरानो दलबाट नेपाल शब्द हटाएर जनता समाजवादी पार्टी राखेका छन्। 

नयाँ पार्टीको केन्द्रीय समिति अध्यक्षमा अशोक राई रहेका छन् भने संघीय परिषद् अध्यक्षमा राजेन्द्र प्रसाद श्रेष्ठ रहेका छन्। नयाँ दलमा राईसहित रेनु यादव, प्रदीप यादव, नवलकिशोर साह सुढी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र शुसिला श्रेष्ठलगायत छन्।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.