प्लान्ट बिग्रेकाले डीडीसीले दूध नकिन्ने

प्लान्ट बिग्रेकाले डीडीसीले दूध नकिन्ने

इलाम : विराटनगरस्थित पाउडर प्लान्ट बिग्रेपछि दुध विकास संस्थान (डीडीसी)ले विहीबारदेखि किसानबाट दुध नकिन्ने भएको छ। दुध नबिक्ने भएपछि इलाम, तेह्रथुम, धनकुटालगायत पूर्वी जिल्लाका सयौं किसान निराश बनेका छन्। दैनिक ५० हजार लिटरभन्दा बढि दुध बिक्री विहीबारदेखि ठप्प हुने भएको छ।

सोमबार प्लान्ट बिग्रिएपछि दुध खरिद बन्द गर्नु परेको डीडीसीको विराटनगर शाखाका संकलन शाखा प्रमुख हरिदेव यादवले जानकारी दिए। प्लान्ट नचलेपछि पुर्वको दुध काठमाडौ पठाउने प्रयास भइरहेको उनले बताए। दुध खरीद लामो समय नरोकिने समेत उनले बताएका छन्।

विराटनगरका लागि इलामका आठ वटा चिस्यान केन्द्रबाट मात्रै दैनिक ३० हजार लिटर दुध संकलन हुने गरेको छ। एक दिन दुध बिक्री नहँुदा इलामका किसानले करीब १२ लाख रुपैयाँ गुमाउने गरेका छन्। सुर्योदय नगरपालिका १२ को तीनघरे चिस्यान केन्द्रका प्रमुख भुषण अधिकारीले विहीबार दुध संकलन बन्द हुने जानकारी किसानलाई गराइसकेको बताए।

डीडीसीले इलामको कुटिडाँडा, तीनघर, फिक्कल, लक्ष्मीपुर, विब्ल्याटे, शान्तिडाँडा, पुवाखोला र देउराली चिस्यान केन्द्रमार्फत् दुध संकलन गरेर विराटनगर लैजाने गरेको छ। डीडीसीले तेह्रथुमबाट तीन हजार पाँच सय, धनकुटाबाट आठ हजार पाँच सय र विराटनगर आसपासबाट चार हजार लिटर दुध संकलन गर्ने गरेको शाखा प्रमुख यादवले जानकारी दिए।

संकलन भएको दुधमध्ये डीडीसी विराटनगरले १० हजार लिटर दुध स्थानीय बजारमा बेचेर बाँकी दुध पाउडर बनाउने गरेको यादवले जानकारी दिए। पाउडर प्लान्टले प्रतिघण्टा पाँच हजार लिटर दुध प्रशोधन गर्ने क्षमता राख्छ। अहिले आइस वाटर बैंकमा समस्या देखिएको उनले बताए।

छुर्पीको माग घटेपछि व्यवशायी मारमा

नेपाली दुधको छुर्पी तेस्रो मुलुकमा बिक्री हुन थालेपछि केही समय अघि दुधको माग बढेको थियो। निजी उद्योगले दुध किनेर छुर्पी बनाउन थालेका थिए। डेरी र प्रशोधन उद्योग खोल्ने क्रम बढेको थियो। तर छुर्पीको माग अहिले घटेको उत्पादकको भनाइ छ। जसको कारण अहिले निजी उद्योगले पनि डीडीसीलाई दुध बेच्न थालेको इलाम नगरपालिका ४ का डेरी सञ्चालक विष्णु दुलालले बताए।

झापाको एनएमसी डेरी, कामधेनु डेरीलगायतले इलामसम्म लगेर डीडीसीलाई दुध बेच्न थालेको छ। डीडीसीमा दुधको आपूर्ती बढेर व्यवस्थापन हम्मे परेको छ। ती उद्योगले डीडीसीको कुटिडाँडा चिस्यान केन्द्रमार्फत दुध बिक्री गर्ने गरेका छन्। वैशाखदेखि डीडीसीमा बढी दुध आउन थालेको यादव बताउँछन्। किसानले स्थानीयस्तरमा बेचिनसकेको दुधको क्रेता डीडीसीले बिहीबारदेखि दुध नकिन्ने भनेपछि उत्पादित दुध खेर जाने भएको छ।

छुर्पीको उत्पादन घटेसँगै इलामका छुर्पी व्यवसायीले दुध खरीद बन्दमात्र गरेका छैनन्, किसानबाट यसअघि किनेको दुधको मुल्य तिर्न नसक्ने अवस्थामा पुगेका छन्। सुर्योदय नगरपालिका बरबोटेका दिनेश महतले दैनिक २ हजार पाँच सय लिटर दुध खरिद गर्ने गरेका थिए। अहिले आधा भन्दा कम मात्र प्रशोधन गर्ने गरेको उनले बताए। इलाममा चीजका २५, ललिपप १३ र टोलै पिच्छे छुर्पी उद्योग खुलेका छन्। छुर्पी बिक्री नभए पनि नेपाली बजारमा बिक्री हुने ललीपप, बम्बैसन, पनिर, खुवाको माग भने सन्तोषजनक रहेको दुध व्यवसायीले जनाएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.