असुरक्षित लुक्ला हेलिप्याड

असुरक्षित लुक्ला हेलिप्याड

काठमाडौं : विश्वकै खतरा सूचीमा रहेको लुक्ला विमानस्थल नजिक रहेको हेलिप्याड असुरक्षित भएको गुनासो बढेको छ । हेली अवतरण गर्दा र उड्ने समयमा जथाभावी सामाग्री र यात्रु रहने गरेकाले दुर्घटना बढ्ने भन्दै तत्काल सुरक्षाका लागि माग गरेका हुन् । 

सुरक्षाकर्मीले सुरक्षा जाँच समेत नगरेको सगरमाथा आरोहण गरी फर्केका लाक्पा शेर्पाले बताए । सानो क्षेत्रमा  ६ वटा हेली अवतरण हुने गरेका छन्। माथिल्लो ग्राउण्डमा २ र तल्लो ४ गरी ६ वटा हेलिकोप्टर अवतरण हुन्छ । यहाँ दैनिक ८० पटकसम्म हेली अवतरण भएको छ । नागरिक उड्यान कार्यालय लुक्लाका प्रमुख योगेन्द्र कुँवरले क्षमता भन्दा बढी र पर्वतारोहणको समयमा बढी चाप हुने भएकाले सुरक्षामा केही कमजोरी भएको स्वीकार गरे । तर, स्थानीयको लार्पकाही बढी हुने गर्दा सुरक्षा पासको प्रयोग नगरी प्रवेश गर्दा चुनौती हुने गरेको छ । हेलिप्याड सानो भएकाले सामाग्री र यात्रुसमेत सँगै हुदाँ दुर्घटना हुने भएकाले ३ जना सुरक्षाकर्मी खटाएको उनले बताए । सुरक्षालाई थप प्रभावकारी बनाउन पहल गर्ने कुँवरले बताए । 

हेलिप्याड भरी सामाग्री राखिएको हुन्छ भने यात्रुको चाप हेलिकोप्टर नजिकै बढी हुने गरेको देखिन्छ । मौसम खराबीले लुक्लामा दैनिक जहाज उडान नहुदाँ हेलिकोप्टरकै भरमा यात्रु काठमाडौं आउने गरेका छन् । सुरक्षामा चुनौती भएको भन्दै तत्काल यसको व्यवस्था नगरे दुर्घटना हुने भन्दै यात्रुले सुझाव दिएका छन् । विमानस्थल प्रशासनले ११ रोपनी जग्गा खरिद गरी सकेको र तत्काल विद्युत आपूर्ती भएपछि विद्युतीय पाससहित सामाग्री जाँच गर्न एक्सरे मेसिन राख्ने तयारी थालेको जनायो । 

सडक सञ्जाल नपुग्दा जहाजकै भरमा दैनिक हजार बढी आरोही र पर्यटक आवतजावत गर्ने गर्छन् । यहाँ ४० भन्दा बढी दैनिक जहाजको उडान र ८० बढी हेलिकोप्टर अवतरण हुने गरेको तथ्याङ्क छ । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.