अर्को वर्षको आईपीएल यूएईमा !

अर्को वर्षको आईपीएल यूएईमा !

नयाँ दिल्ली : इन्डियन प्रिमियर लिग (आईपीएल)को अर्को संस्करण भारतबाहिर हुने सम्भावना बढेको छ। अर्को वर्ष भारतमा लोकसभा चुनाव हुन लागेकाले आईपीएलका खेल भारतबाहिर यूएईमा हुनसक्ने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)का एक सदस्यले खुलासा गरेका छन्।

‘१२औं संस्करणको आईपीएल २९ मार्चदेखि १९ मेसम्म हुने घोषणा भइसकेको छ। यही सेरोफेरोमा लोकसभा चुनाव पनि भएमा यूएईमा प्रतियोगिता हुनेछ’, बीसीसीआईका एक वरिष्ठ अधिकारीले भारतीय सञ्चारमाध्यमसँग भने, ‘१२औं संस्करणको आईपीएलका लागि हामी अहिलेदेखि नै तयारी गरिरहेका छौं।’

ती अधिकारीका अनुसार भारत र यूएईको समय लगभग मिल्ने भएकाले यूएई छनोटमा परेको हो। आईपीएल यूएई पुगेमा शारजहाँ, दुबई र आबुधाबीमा खेल हुनेछ।

यसअघि पनि आमचुनावका कारण आईपीएल दुईपटक भारतबाहिर भएको थियो। सन् २००९ मा दक्षिण अफ्रिकामा आयोजना गरिएको थियो भने सन् २०१४ मा यूएईमै भएको थियो। २००९ को प्रतियोगितामा डेक्कन चार्जरले रोयल च्यालेन्जर बैंगलोरलाई हराउँदै उपाधि जितेको थियो। यस्तै यूएईमा भएको सन् २०१४ को संस्करण कोलकाता नाइटराइडर्सले जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.