जीप दुर्घटनामा तीनजनाको मृत्यु, १६ यात्रु घाइते

जीप दुर्घटनामा तीनजनाको मृत्यु, १६ यात्रु घाइते

खगेन्द्रबहादुर सिंह

डोटीः डोटीमा जीप दुर्घटना हुँदा तीन यात्रुको मृत्यु भएको छ । शिखर नगरपालिका–३ मा पर्ने जोरागाउँमा ग १ ज ५२७५ नम्बरको शैलेश्वरी यातायातको बोलेरो जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु र १६ जना घाईते भएका हुन् ।

डा.केआई सिंह राजमार्ग अन्तर्गत कालागाडबाट जोरागाउँ जाने यात्रु बोकेको जीप कच्ची सडकमा बेलुकी चार बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालयका डिएसपी शिबबहादुर सिंहका अनुसार मृत्यु हुनेहरुमा शिखर नगरपालिका–३ जोरागाउँमा बस्ने ७४ वर्षका सुरज भुल, सोही ठाउँमा बस्ने ४० वर्षकी खिन्तुरी भुल र ३२ वर्षकी कटी सार्की रहेका छन् ।

घाइतेहरुको उद्धारमा प्रहरी र स्थानीयबासी खटिएका छन् । घाइतेहरुको उपचारका लागि राजपुरस्थित सुजङ्ग अस्पतार तथा दिपायलस्थित शैलेश्वरी र चोपडा अस्पतालमा ल्याइएको छ । दुर्घटना कच्ची सडक तथा जीपमा क्षेमता भन्दा बढी यात्रु तथा सामान भएका कारण भएको हुन सक्ने बताइएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.