रातो माटाको ढिस्कोले पुरिएर महिलाको मृत्यु
स्याङ्जा : कालीगण्डकी गाँउपालिकास्थित रातो माटाको ढिस्कोले पुरिएर एक महिलाको ज्यान गएकोे छ । घर पोत्ने रातो माटो खन्ने क्रममा स्याङ्जाको कालीगण्डकी गाउँपालिका –६ दब्छे लाम्दीकोटकी ४१ वर्षीय इन्दिरा रानाको घटनास्थलमै मृत्यु भएको हो ।
वडा प्रहरी कार्यालय वालिङका प्रहरी प्रमुख चिनकपुर गुरुङका अनुसार घर नजिकै रातो माटो खन्ने क्रममा रानाको परिएर मृत्यु भएको हो ।
घटनामा अन्य दुई घाइते भएका छन् । घाइते हुनेमा दब्छेका १८ वर्षीया भावना दर्लामी र ५२ वर्षीया जितमाया गाहा छन् ।
उनीहरु दुवैको पाल्पा तानसेनस्थित मिसन हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।