वास्तविक श्रमिक महिलालाई छुन सकेन नारी दिवसले

वास्तविक श्रमिक महिलालाई छुन सकेन नारी दिवसले

मंगलसेन : मंगलसैन नगरपालिका–५ कि डम्बरा बिक बिहीबार बिहानै उठेर ८ नबज्दै जिल्ला अस्पताल नजिक निर्माणाधीन घरमा काम गर्न पुगिन्। उनी मात्रै होइन गाउँ अन्य ११ महिला कामदार पनि सोही घरको बिम ढलानमा मजदुरी गर्न बिहान ८ नबज्दै पुगिसेका हुन्छन्। पुगेलगत्तै कोही गिट्टी, बालुवा, सिमेन्ट बोक्न थाले भने कोही बिम ढलानको लागि चाहिने मसला बनाउन लागे। गिट्टी, बालुवा, सिमेन्ट बोक्ने र मसला बनाउने काम उनीहरुको बिहीबार दिनभर चल्यो।

नजिकै बजारमा बाजागाजासहित र्‍याली निकालेर अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा १२ जना श्रमिक महिलालाई भने त्यस बारे कुनै अत्तोपत्तो थिए। ‘महिला दिवस हो की के दिवस हो हामीलाई केही थाहा छैन’ बेल्चा चलाउन रोक्दै डम्बराले भनिन्–‘बजारमा कसले के दिवस मनाउछन् हामीलाई केही थाहा हुँदैन, हामीलाई त कामको बारेमा मात्र चासो हुन्छ।’

बिहिबार १०८ औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवस हो भन्ने बारेमा ति १२ श्रमिक महिलालाई केही थाहा नभएको पाइयो। ‘महिला दिवस भएर पो के गर्नुछर हजुर, हामीले यसरी काम नगरी खान पुग्दैन’ सँगै काम गरिरहेकी एकल महिला ठम्बरा बिकले भनिन्–‘जसको फुर्सद हुन्छ तिनीहरुले पो हो र्‍यालीमा जाने हो हामीलाई त कामकै चिन्ता हुन्छ।’

आफूहरुले पुरुषसरह काम गरे पनि उनीहरुको जति ज्याला नपाएको गुनासो श्रमिक महिलाले गरे। पुरुषहरुको जस्तो कडा काम गरे पनि उनीहरुको भन्दा आफूहरुलाई कम नै ज्याला दिने गरेको डम्बराले गुनासो गरिन्। पुरुषले फरुवा, बेल्चा चलाएको एक दिनको छ सयसम्म पाउने गरे पनि आफूहरुले सोही काम गरेको चार सय मात्रा ज्याला पाउने गरेको श्रमिक महिलाले सुनाए।

महिलाको हक अधिकार स्थापित भएको उपलक्ष्यमा हरेक वर्ष मार्च ८ तारिखका दिन मनाइने अन्तराष्ट्रिय श्रमिक महिला दिवस जसका लागि मनाइएको तिनीहरु मध्ये अधिकांशलाई थाहा नभएको पाइन्छ। केही महिलाले सार्वजनिक रुपमा कार्यक्रम मनाइरहँदा वास्तविक श्रमिक महिला भने सदरमुकाम मंगलसैनका विभिन्न ठाउँमा घर निर्माणदेखि गिट्टी कुट्ने जस्ता काममा व्यस्त देखिन्छन्। मजदुरी काममा संलग्न श्रमिक महिलाले पुरुषहरुको जत्तिकै काम गरे पनि ज्याला भने पुरुष सरह नपाएको गुनासो गरेका छन्।

पुरुषहरु कामको खोजीमा भारतमा या घरमै भए पनि अन्यत्र जाँदा अछाममा ज्याला मज्दुरीको काममा प्राय महिला नै प्रयोग हुने गरेका छन्। पुरुषहरु घरमै भए पनि खाली हल्लिएर बस्ने तर ज्याला मज्दुरी गर्न महिला नै पठाउने प्रचलन छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.