किरियापुत्री बसेको घर आगलागीले सखाप

किरियापुत्री बसेको घर आगलागीले सखाप

ताप्लेजुङ : ताप्लेजुङको फुङलिङ नगरपालिका ७ मा आगलागीबाट एउटा घर जलेको छ। बिहीवार बिहान सदरमुकाम नजिकैको ऐश्वर्य चौकस्थित दिवाकर भटट्टराईको घर पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

भट्टराई आफ्नो बुबाको करिरिया बसिरहेका बेला घटना भएको हो। लत्ताकपडा, अन्नपात, भाँडा वर्तन र नगद केही निकाल्न नसकिएकाले ८ लाख मुल्य बराबरको क्षति भएको प्रारम्कि अनुमान गरिएको प्रहरीले जनाएको छ। आगलागीले मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा साढे चार बजे निभाएका थिए। आगलागीको कारण भने खुल्न सकेको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.